बजारमा आईफोन १२ को ससक्त माग भएसँगै २० लाख यूनिट उत्पादन गर्दै एप्पल

  • Technology Khabar | १३ कार्तिक २०७७, बिहीबार
बजारमा आईफोन १२ को ससक्त माग भएसँगै २० लाख यूनिट उत्पादन गर्दै एप्पल

काठमाडौं ।

एप्पलले हालै मात्र सार्वजनिक गरेको आईफोन १२ र १२ प्रो केही दिनदेखि मात्रै सिमित बजारहरुमा खुला बिक्रीमा रहेको छ तर अहिलेसम्म यसको माग एकदमै प्रबल रहेको छ।

वास्तवमा यसको माग यति धेरै देखिएको छ कि एप्पलले आईफोन १२ को उत्पादन बढाउन र २० लाख भन्दा बढी युनिट पुर्याउन आफ्ना आपूर्ति श्रृंखला साझेदारहरूसँग सम्पर्क गरेको बताइएको छ।

एक ओएलईडी स्क्रीन को साथ ५जी जोडिले गर्दा र यसको नयाँ फ्ल्याट फ्रेम डिजाइनले उपभोक्ताको रुचिलाई आकर्षित गर्न पर्याप्त देखिएको छ।

सिन्डा सिक्योरिटीजका अनुसार एप्पलले आईफोन १२ सीरिजको माग ८ करोड देखि ८.५ करोड युनिटको स्तरमा पुग्ने देख्नेछ। अझ सन् २०२१ मा पूरै २३० देखि २४० मिलियन यूनिटको पूर्वानुमान गरेको छ जुन सही भएको खण्डमा आईफोन १२ को सिरिज इतिहासमा सबैभन्दा धेरै बेचिने एप्पल फोनको स्थिति हुनेछ।

हालको रेकर्ड होल्डर आईफोन ६ र ६ प्लस हो जसको अनुमानित बिक्री २२२ देखि २२४ मिलियन युनिटमा छ।

प्रख्यात एप्पल विश्लेषक मिंग ची कुओले यसअघि नै आईफोन १२ र १२ प्रोको प्रि अर्डर कुल ७ देखि ९ मिलियन युनिटहरू हुने अनुमान गरेका थिए।

उनले आईफोन १२ सिरिजमध्येमा आईफोन १२ र १२ प्रोले कुल ६५ देखि ७० प्रतिशत आपूर्तिको हिस्सा लिने भविष्यवाणी गरेका थिए जसमध्ये आईफोन १२ प्रो म्याक्स र १२ मिनीले करिब १५ देखि २० प्रतिशतको हिस्सा लिनेछन् । एजेन्सी

प्रकाशित: १३ कार्तिक २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • १३ कार्तिक २०७७, बिहीबार