
काठमाडौं ।
नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टिएससीएफपी) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।
एशियाली विकास बैंकको टिएससीएफपी द्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।
एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा टिएससीएफपीसंग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको जनाएको छ।
प्रकाशित: १३ कार्तिक २०७७, बिहीबार