टिण्डरमा ‘फेस टू फेस’ भिडियो च्याट फिचर उपलब्ध, डेटिङ्ग गर्न चाहनेसँग सिधै कुरा गर्न सकिने

  • Technology Khabar | १२ कार्तिक २०७७, बुधबार
टिण्डरमा ‘फेस टू फेस’ भिडियो च्याट फिचर उपलब्ध, डेटिङ्ग गर्न चाहनेसँग सिधै कुरा गर्न सकिने

काठमाडौं ।

डेटिङ्ग एप टिण्डरले ‘फेस टू फेस’ भिडियो च्याट फिचर विश्वव्यापीरुपमा सार्वजनिक गरेको छ । टिण्डरको सो फिचरको प्रयोग गरी आफ्नो नेटवर्कमा भएका एकजनासँग भिडियो कल गरेर कुराकानी गर्न सकिने छ।

हालको महामारीको समयमा यो फिचर एकदमै उपयुक्त हुने मानिएको छ। नयाँ फिचरद्धारा आफूलाई बोल्न मनलागेको मान्छेसँग कुनै तेस्रो पक्षीय एपहरु प्रयोग नगरिकनै टिण्डर मै एकैपटक बोल्न सकिनेछ।

यस अपडेटमा एपले प्रयोगकर्ताहरुको सूचनाको सुरक्षामा पनि विशेष ध्यान पुर्‍याएको छ । यो फिचरका लागी दुबै पक्षले भिडियो च्याट गर्ने विषयमा राजी भएपछि र दुबै पक्षमा अप्सन भए मात्रै सम्भव हुनेछ।

फेस टू फेसको टगल अन गरिएको छ भन्ने जानकारी प्रयोगकर्ताको टिण्डर पार्टनरले भने थाहा पाउन सक्छ तर यो फिचर उपयोग गर्न मन नलागेमा टगललाई अफ गर्न सकिन्छ।

टिण्डरले प्रयोगकर्ताहरुलाई फेस टू फेस च्याटको बेलामा आफ्नो ब्याकग्राउण्डमा पनि एकदमै ध्यान पुर्‍याउन सुझाव दिएको छ।

यो नयाँ फिचरले टेक्स्ट च्याट र लाइभ डेटको बिचको दूरी घटाउने गर्दछ । तर कलमा केही गलत कार्य भयो भने यसको जिम्मेवारी भने एपले नव्यहोर्ने जनाएको छ।

फेस टू फेस च्याटिङ्गमा कुनै गुनासो वा उजुरी भएमा एपमा नै रिपोर्ट गर्ने अप्सन दिईएको छ र त्यसको लागि म्याच प्रोफाइलको तल भागमा गएर रिपोर्टमा क्लिक गर्न सक्नेछन् । एजेन्सी

प्रकाशित: १२ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ओप्पो प्याड एयर५ आधिकारिक रूपमा सार्वजनिक

  • Technology Khabar
  • १२ कार्तिक २०७७, बुधबार