
काठमाडौं ।
राष्ट्रपति कार्यालयको ट्वीटर प्रमाणीकरण (भेरिफाइड) गरेलगत्तै डिएक्टिभेट गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार सचिवालयले प्रयोग गरिरहेको भेरिफाइड ट्वीटर अकाउन्ट बुधबारदेखि सधैंका लागि डिएक्टिभेट गरिएको हो ।
कांग्रेस नेता एवं सांसद गगन थापाको ‘प्यारोडी एकाउन्ट’का रूपमा विगतमा केही व्यक्तिले चलाएको ह्यान्डलकै नाम फेरेर सो एकाउन्ट राष्ट्रपतिको सूचना संप्रेषणका लागि बनाएको ट्विटर प्रयोगकर्ताले पत्ता लगाएसँगै ह्यान्डल नै डिएक्टिभेट गरिएको हो ।
राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टिकाप्रसाद ढकालले प्राविधिक समस्या देखिएकाले शितल निवासको नाममा रहेको ट्वीटर अकाउन्ट बन्द गर्नुपरेको भन्दै ट्वीट गरेका छन् ।
‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं,’ उनले ट्वीटमा भनेका छन्, ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।’
https://twitter.com/TikaDhakaal/status/1321367053631057920
उनले सो एकाउन्ट भेरिफाइड गरिएको २ साता मात्र भएको र आफैंले गराएको जानकारी समेत दिएका छन् । त्यसैगरि अब नयाँ एकाउन्ट बनाउने उल्लेख गरेका छन् ।
प्रकाशित: १२ कार्तिक २०७७, बुधबार