टिसिएलले तयार पारेको रोलेबल स्मार्टफोन यस्तो छ, हेर्नुस् भिडियोमा विशेषताहरु

  • Technology Khabar | १२ कार्तिक २०७७, बुधबार
टिसिएलले तयार पारेको रोलेबल स्मार्टफोन यस्तो छ, हेर्नुस् भिडियोमा विशेषताहरु

काठमाडौं ।

चिनियाँ टेक कम्पनी टिसिएलले विश्वको पहिलो रोलेबल स्मार्टफोन लन्च गर्न गइरहेको छ, जुन स्मार्टफोनलाई तपाईं छोट्याउन सक्नुहुन्छ र फेरि फैलाउन र विस्तार गर्न पनि सक्नुहुन्छ।

हालै एउटा ‘लीक’ भिडियोमा टिसिएलको यो रोलेबल स्मार्टफोनको झलक देखिएको छ, जसमा यस फोनको फिचरहरु देखिएका थिए।

यस वर्षको सुरूमा, टिसिएलको तर्फबाट भनिएको थियो कि कम्पनीले रोलेबल फोन ल्याउनेछ। टिसिएलको यो फोनको स्क्रिन आकार ४.५ इन्चको छ, तर तपाईं त्यसलाई तानेर ६.७ इन्चको बनाउन सक्नुहुनेछ। रोल भएपनि यो फोनको मोटाई बढ्दैन।

टिसिएलले दावी गरेको छ कि यो फोन दुई लाख भन्दा बढी पटक रोल गर्न सकिन्छ। यो फोनमा ओएलईडी डिस्प्ले छ। यो विश्वास गरिन्छ कि चाँडै यो फोन बजारमा उपलब्ध हुनेछ। एजेन्सी

प्रकाशित: १२ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...