
काठमाडौं ।
दक्षिण कोरियाली टेक कम्पनी सामसङका अध्यक्ष ली कुन हीको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा आज निधन भएको हो ।
लीले आफ्नो बुबाले सुरु गरेको सानो व्यवसायलाई विस्तार गरी आजको सामसङको साम्राज्य खडा गरेको हुन् ।
सामसङकाअनुसार उनको निधन आइतबार घरमै भएको हो । उनको निधन के कारणले भएको हो भन्ने उल्लेख गरिएको छैन् । उनलाई सन् २०१४ मा हर्ट अट्याकभएदेखि हेरचाहमा थिए ।
ली सामसङ ग्रुपका संस्थापक ली ब्याङ चउलका साइँला छोरा थिए । उनको कार्यकालमा सामसङ आज विश्वको सबैभन्दा ठूलो टेक कम्पनीका रुपमा स्थापित भएको छ । उनले एउटा सानो टिभी उत्पादक कम्पनीलाई अहिलेको शक्तिशाली कम्पनी बनाएका हुन् ।
दक्षिण कोरियाका सबैभन्दा धनी व्यक्ति समेत रहेका उनको सम्पत्ति २१ बिलियन डलर रहेको फोर्ब्सले जनाएको छ ।
तर उनी निकै विवादमा समेत परेका थिए । सन् १९९५ मा कोरियाली राष्ट्रपतिलाई ठगी गरेको घट्नामा दोषि देखिएका थिए । उनलाई पछि क्षमा दिईएको थियो ।
‘उहाँको योगदान र आजसम्मको यात्राको लागि हामी सँधै सम्झिरहने छौ,’ सामसङले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
उनको निधनपछि उनका छोरा ली जए योङ्गले कम्पनीको अध्यक्षता गर्ने अनुमान गरिएको छ । तर उनीपनि धोकाधडीको मामलामा १ वर्ष जेल गईसकेका छन् । एजेन्सी
प्रकाशित: ९ कार्तिक २०७७, आईतवार