
काठमाडौं ।
टेस्ला कार अटोपाइलटको कारण विश्वभर लोकप्रिय छ। तर अब कम्पनीले पनि सिमित ग्राहकहरूको लागि ‘पूर्ण सेल्फ-ड्राइभिङ्ग’ (Full Self Driving) मोड रोल आउट गरेको छ।
टेस्लाका सीईओ एलन मस्कले मंगलवार यो जानकारी ट्वीट गरेर दिएका हुन्। मस्कले भने कि टेस्लाले ‘सेल्फ-ड्राइभिङ्ग मोड’ बीटा सफ्टवेयर अपडेट यस हप्ता पहिलो चरणमा केहि छनौट गरिएका ग्राहकहरूका लागि पठाइएको थियो जुन बर्षको अन्त्यसम्म सबैका लागि जारी हुनेछ।
टेस्लाको ‘अर्ली एक्सेस प्रोग्राम’ अन्तर्गत शहरका सडकहरूमा अटोपाइलट मोडमा ड्राइभ गर्न सक्षम भएका ग्राहकहरूले मात्र सफ्टवेयर अपडेटहरू प्राप्त गर्नेछन्। अर्ली एक्सेस प्रोग्राम सफ्टवेयर बगहरू ट्र्याक गर्न प्लेटफर्म परीक्षणको रूपमा प्रयोग गर्ने गरिन्छ।
मस्कले भने कि टेस्लाले यस सफ्टवेयर अपडेटका लागि ठूलो ध्यान दिइरहेको छ।
टेस्लाका सीईओ मस्कले अटो पायलट मोडलाई सुरक्षित ड्राइभिङ्ग विकल्प भएको दाबी गरेका छन्। उनी भन्छन कि प्रविधिले ती घटनाहरुलाई रोक्न सक्छ जून मानिसहरुबाट हुनसक्छ।
तर गाडी सेल्फ ड्राइभिङ्ग मोडमा भए पनि, ड्राइभरको हात सुरक्षाको लागि स्टेयरिङ्गमा हुनुपर्दछ।
अटो पाइलट मोडमा भएको बेला कारको स्टेयरिङ्ग, एक्सीलरेट तथा ब्रेक स्वत चल्छ र यो केबल सडकको लेनमा मात्र चल्दछ। तर कुनै पनि व्यक्ति नभईकन यो अटो पाइलट मोड सक्षम हुन सक्दैन। एजेन्सी
प्रकाशित: ८ कार्तिक २०७७, शनिबार