मेगा बैंकको ग्राहकमैत्री अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा शुरु

  • Technology Khabar | ६ कार्तिक २०७७, बिहीबार
मेगा बैंकको ग्राहकमैत्री अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा शुरु

काठमाडौं ।

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकमैत्री अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा शुरु गरेको छ।

इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास विज्ञप्ती मार्फत् जानकारी दिएको छ।

सबैभन्दा पहिला मेगा बैंकको आधिकारिक बेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ। जसको बायाँतर्फ सबैभन्दा अगाडि टीक बैंकिङ उल्लेखित एउटा ट्याब आउँछ। यस ट्याबमा क्लिक गरेपछि जुन सेवा लिन चाहेको हो, त्यो छान्नुपर्छ।

त्यसपछि त्यहाँ मेगा बैंकका बचत, कर्जा, मुद्दती र डिजिटलका विभिन्न सुविधाहरु भेटिन्छन्। ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सेवा लिन चाहेको शाखा कार्यालयको विवरण भर्नुपर्छ।
विवरण भरेपछि मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा सुरु गर्ने बै‍ंकले जानकारी दिएको छ।

इन्टरनेटको पहुँच बढिरहेको वर्तमान अवस्थामा ग्राहकहरुकै चाहना बमोजिम टीक बैंकिङ सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन्।

प्रकाशित: ६ कार्तिक २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार