कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुने, विज्ञापन बोर्ड समेत गठन

  • Technology Khabar | ६ कार्तिक २०७७, बिहीबार
कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुने, विज्ञापन बोर्ड समेत गठन

काठमाडौं ।

नेपालमा शुक्रबार अर्थात कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुने भएको छ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङले शुक्रबारदेखि क्लिनफिड लागू हुने जानकारी दिएका हुन्।

उनले कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै शुक्रबारदेखि नेपालमा विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने बताए।

यसैगरि विदेशी च्यानलमा विज्ञापनरहित रुपमा प्रसारण हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्ड समेत गठन गरेको जानकारी दिएका छन्।

मन्त्रालयका सहसचिव डिलाराज शर्माको अध्यक्षतामा बोर्ड गठन गरिएको हो।

साथै, विदेशी विज्ञापनहरूमा डबिङ गरी प्रसारण गर्न नपाइने समेत उनले जानकारी गराएका छन्।

नेपाल सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार क्लिन-फिड लागू गरिएको हो।

त्यस्तै, विदेशी च्यानलहरूसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले एक वर्षभित्रमा क्लिनफिड लागू गर्नुपर्ने भएको उनले बताए।

प्रकाशित: ६ कार्तिक २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार