
काठमाडौं ।
निशान मोटर्सको बहुप्रतिक्षित ‘बिग, बोल्ड, ब्युटिफुल’ बि–एसयुभि म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरुपमा सार्वजनिक भएको छ ।
निशान नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्वतयारी सुरु गरेको छ ।
यो ‘बिग, बोल्ड, ब्युटिफुल एसयुभिमा स्पोर्टी लुक्स सहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन् ।
निशान म्यागनाइट १।० लिटर पेट्रोल इञ्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो भने अर्को टर्बोचाज्ड इञ्जिन हुनेछ ।
निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टिएफटि ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् ।
विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएकोछ ।
नेपाली बजारमा भित्रिने यस एसयुभिको मूल्यको आधारमा यो गाडी एकदम उचित र प्रिमियम रहेको कम्पनीको दाबी छ ।
प्रकाशित: ५ कार्तिक २०७७, बुधबार