काठमाडौं ।
हालै एप्पलले आईफोन १२ सिरिजमा ४ नयाँ आईफोनहरु लन्च गरेको छ । त्यसमध्ये लन्च गरेको आईफोन १२ प्रो म्यासको स्क्रिन साईज सबैभन्दा ठूलो अर्थात ६.७ इन्च छ र यसको आकार २००७ मा बजारमा आएको पहिलो आईफोनको भन्दा दुई गुणा ठूलो छ।
यो स्पष्ट छ कि ठूला डिस्प्ले डिभाइसहरूको माग बढ्दो छ । त्यसैले कम्पनीहरूले यस आवश्यकतालाई बुझेका छन् र ठूला फ्ल्यागशिप उपकरणहरू ल्याइरहेका छन्।
यद्यपि एक अध्ययनले पत्ता लगाएको छ कि यदि यो प्रवृत्ति जारी रह्यो भने आगामी २० बर्षमा एप्पलको आईफोनहरू कुनै पनि पूर्ण आकारको किबोर्ड वा म्याकबुक भन्दा ठूला हुनेछन्।
स्मार्टफोन एसेसरिज बनाउने कम्पनी र्याप्ज(Wrappz)ले हालै एप्पल, सामसग र अन्य ठूला स्मार्टफोन कम्पनीहरूको उपकरणहरूको बढ्दो आकारलाई अध्ययन विश्लेषण गरेको थियो।
अध्ययनले देखायो कि आईफोनहरूको साईज सन् २००७ मा पहिलो पटक सुरू भएदेखि प्रत्येक बर्ष लगभग ५ प्रतिशतले वृद्धि भईरहेको छ।
यदि आईफोन मोडेलहरू यस्तै प्रकारले क्रमशः बढ्दै गयो भने विश्वको सबैभन्दा लोकप्रिय कम्पनीले २०२१ सम्ममा महिलाको हत्केलाको औसत आकार र २०२४ सम्ममा एक जना पुरुषको हत्केलाको औसत आकार भन्दा ठूला डिभाइसहरु लन्च गर्नेछ।
अध्ययनले पत्ता लगाएको छ कि यस प्रवृत्ति रहिरहेको खण्डमा सन् २०४० सम्ममा डेढ फिट अग्लो आईफोन देखा पर्नेछ, जसको आकार १७.५ इन्च हुनेछ।
र्याप्जले भन्यो, ‘क्यामराको गुणस्तरदेखि राम्रो नेटवर्क टेक्नोलोजी सम्ममा २००७ मा पहिलो आईफोनको लन्चपछि धेरै परिवर्तन भएका छन्। यद्यपि सबैभन्दा ठूलो परिवर्तन डिभाइसहरुको आकारमा देखिएको छ। बाँकी अन्य ब्रायडका डिभाइसहरुमा पनि यहि लागू हुन्छ।’
सन् २००७ मा आएको पहिलो आईफोन डिस्प्ले ३.५ इन्चको थियो र भर्खरै लन्च गरिएको आईफोन १२ प्रो म्याक्समा यसको डबल साइज ६.७ इन्च डिस्प्ले छ। आईफोनको आकारमा करीव ९१ प्रतिशतले वृद्धि भएको छ र आईफोनको औसत आकार प्रत्येक वर्ष ५ प्रतिशतले वृद्धि भइरहेको छ।
यद्यपि डिस्प्लेको आकारले धेरै प्रयोगकर्तालाई राम्रो अनुभव दिन्छ, तर यो आवश्यक छैन कि ठूला उपकरणहरू सँधै ट्रेंडमा रहनेछन्। यही कारणले गर्दा नै एप्पलले यस बर्ष विश्वको सब भन्दा सानो ५जी फोन आईफोन १२ मिनी पनि ल्याएको छ। एजेन्सी
प्रकाशित: ५ कार्तिक २०७७, बुधबार