पाकिस्तानले हटायो भिडियो शेयरिङ्ग एप टिकटक माथिको प्रतिबन्ध

  • Technology Khabar | ४ कार्तिक २०७७, मंगलवार
पाकिस्तानले हटायो भिडियो शेयरिङ्ग एप टिकटक माथिको प्रतिबन्ध

काठमाडौं ।

पाकिस्तानले भिडियो शेयरिङ्ग एप टिकटकमाथिको प्रतिबन्ध हटाएको छ।

पाकिस्तानले यसअघि एपले अश्लिलता फैलाएको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको थियो। तर सो प्रतिबन्ध ११ दिन पनि बित्न नपाउँदै फुकुवा गरिएको हो ।

पाकिस्तानको दूरसंचार प्राधिकरणले सोमबार टिकटकमाथिको प्रतिबन्ध हटाएको जानकारी दिएको छ । प्रतिबन्ध हटेपनि नियामक निकायले टिकटकलाई कडा चेतावनी दिँदै आगामी दिनमा ससक्त मोडरेट गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले टिकटकका वरिष्ठ अधिकारीहरुसँगको बैठकपछि सो एपको प्रतिबन्ध हटाएका हुन् । उनीहरुले पाकिस्तानको कानून पालना गर्ने सामाजिक दायरामा रहने बताएको रिपोर्टमा उल्लेख छ ।

अश्लिलता फैलाउने सबै प्रयोगकर्ताको खाता ब्लक गरेकाले सोमाथिको प्रतिबन्ध हटाएको जनाएको छ।

कम्पनीले भने प्रतिबन्ध हटाएसँगै थप लगानी गर्ने आश्वासन समेत दिएको बताईएको छ ।

पाकिस्तानभन्दा अगाडी भारतले राष्ट्रिय सुरक्षा र आफ्ना नागरिकको तथ्यांकको गलत प्रयोग हुनसक्ने भन्दै टिकटकसहित १०० भन्दा बढि चिनियाँ एप्समा प्रतिबन्ध लगाएको छ। अमेरिकामा पनि टिकटकको विवाद अझै समाधान भएको छैन् । एजेन्सी

प्रकाशित: ४ कार्तिक २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार