
काठमाडौं ।
नेपालीहरूको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्बजनिक गरेको छ ।
यस उपहार योजना अन्र्तगत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टिभिएस अपाचे आरटिआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजार भन्दा बढिले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् ।
यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । यो अवधिमा इसेवा मार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरि बिजेता घोषणा गरिनेछ । विजेताहरू हरेक हप्ता सार्बजनिक गरिनेछ भने योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छानिने कम्पनीले जनाएको छ ।
प्रकाशित: ४ कार्तिक २०७७, मंगलवार