Technology Khabar ३ कार्तिक २०७७, सोमबार
काठमाडौं ।
शाओमीले चिनियाँ माइक्रो ब्लगिङ्ग साइट वीबोमार्फत आफ्नो ८० वाट फास्ट वायरलेस चार्ज टेक्नोलोजीको घोषणा गरेको छ।
कम्पनीको दाबी छ कि यो टेक्नोलोजीले १९ मिनेटमा स्मार्टफोनको ४,००० एमएएच ब्याट्रीलाई पूर्ण रूपमा चार्ज गर्दछ। यद्यपि ८० वाट वायरलेस चार्जिंग सपोर्टका साथ कम्पनीले फोनको घोषणा गरेको छैन।
यस टेक्नोलोजीको घोषणा गर्दा कम्पनीले यो पनि भनेको छ कि वायरलेस चार्जिंगले चाँडै वायर्ड चार्ज टेक्नोलोजीलाई हटाउनेछ।
शाओमीले आफ्नो यूट्यूब च्यानलमा एक भिडियो पनि साझेदारी गरेको छ, जसले एम आई१० प्रो स्मार्टफोनमा यस प्रविधिको प्रयोग देखाउँदछ।
शाओमीको वीबो पोष्टमा एक पोस्टर पनि साझेदारी गरिएको छ, जसले ८० वाट वायरलेस चार्जिंग टेक्नोलोजीको बारेमा जानकारी दिन्छ र त्यसले यसले १९ मिनेटमा स्मार्टफोनको ४,००० एमएएच ब्याट्रीलाई पूर्ण रूपमा चार्जगर्न सक्छ बताएको छ।
यस टेक्नोलोजीले ८ मिनेट भित्रमा ० देखि ५० प्रतिशत ब्याट्री चार्ज गर्दछ। यद्यपि कम्पनीले खुलासा गरेको छैन कि कुन फोनले ८० वाटको वायरलेस चार्जिंग क्षमतालाई सपोर्ट गर्दछ तथा कम्पनीले फोन भन्दा अगाडि वायरलेस चार्जर ल्याउनेछ।
शाओमीले युट्युब च्यानलमा सो टेक्नोलोजीमा काम गरिरहेको देखाएको छ। कम्पनीले यसलाई परिमार्जित मी १० प्रोमा प्रयोग गरेको देखाइएको छ। यो भिडियोमा देख्न सकिन्छ कि यस फोनलाई १ मिनेट भित्र ० देखि १० प्रतिशत चार्ज गरिएको छ। एकै साथ ८ मिनेट भित्र १० देखि ५० प्रतिशत चार्ज भएको थियो, जबकि फोनले १०० प्रतिशत चार्ज लिन १९ मिनेट मात्र लिएको छ।
मोडिफाईड मी १० प्रो वायरलेस चार्ज स्ट्यान्डमा राखिएको देख्न सकिन्छ, जुन साझेदारी पोष्टरमा पनि देखाइन्छ।
यसअघि कम्पनीले मार्चमा ४० वाट वायरलेस चार्जिंग टेक्नोलोजी ल्याएको थियो भने गएको मेमा, कम्पनीले एमआई ३० वाट वायरलेस चार्जर सार्वजनिक गरेको थियो । एजेन्सी
प्रकाशित: ३ कार्तिक २०७७, सोमबार