Technology Khabar २ कार्तिक २०७७, आईतवार
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनले आफ्नो जिन्दगीको दोस्रो नयाँ सुटको कपडा लगाएका छन् ।
पछिल्लो दिनमा कोरोनाको महामारीका विरुद्ध सहयोगी उपकरणहरु तथा प्रविधि तयार पार्न तल्लिन रहेका महावीरले आफैं नयाँ सुटसहितको फोटो आफ्नो फेसबुक पेजमा राखेका हुन् ।
उनले ४५ वर्षपछि दशैंमा नयाँ कपडा पाएको बताएका छन् । उनले सो कपडा नापेर नै नयाँ सिलाएको भन्दै जुत्ता भने ६ वर्ष पुरानो नै लगाईरहेको जानकारी दिएका छन् ।

सो बारेमा उनले भनेका छन्- ‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनुभएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस् उनले फेसबुकमा भनेका छन् ।’

यसका साथै दशैंमा पाएको नयाँ कपडाको लागि कसले खर्च गर्यो भनेर नसोध्नु भन्दै सो बारेमा केहि महिनापछि बताउने स्पष्ट पारेका छन् ।
प्रकाशित: २ कार्तिक २०७७, आईतवार