भारतीय सूचना प्रविधि कम्पनी विप्रोले आफ्नो ९ हजार ५०० करोड भारुको शेयर फिर्ता किन्दै

  • Technology Khabar | २७ आश्विन २०७७, मंगलवार
भारतीय सूचना प्रविधि कम्पनी विप्रोले आफ्नो ९ हजार ५०० करोड भारुको शेयर फिर्ता किन्दै

काठमाडौं ।

भारतीय चर्चित सूचना प्रविधि कम्पनी विप्रोले आफ्नो सार्वजनिक शेयरको बायब्याक अर्थात पुर्नखरिद गर्ने भएको छ ।

कम्पनीले बायब्याकलाई अनुमोदन गरेको छ। मगलबार विप्रोले शेयर बजारलाई यसका निर्देशक बोर्डले ९ हजार ५०० करोड भारु बराबरको सेयर बायब्याक योजना स्वीकृत गरेको जानकारी दिए।

कम्पनीले यो ब्यायब्याक प्रति शेयर ४०० भारुको दरमा गर्नेछ।

विप्रोका अनुसार बायब्याक कार्यक्रम सेयरधनीहरूको स्वीकृतिको विषय हो। शेयरधनीहरूबाट स्वीकृति हुलाक मतपत्र मार्फत लिइनेछ । यस अन्तर्गत भारु ४०० प्रति शेयरको मूल्यमा २३.७५ करोड सेयरको बायब्याक गरिनेछ। यसअनुसार यो कुल ९ हजार ५०० करोड भारु सम्म हुनेछ। यो सेप्टेम्बर ३० मा कम्पनीको चुक्ता शेयर पूँजीको आधारमा ४।१६ प्रतिशत हो । एजेन्सी

प्रकाशित: २७ आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ओप्पो प्याड एयर५ आधिकारिक रूपमा सार्वजनिक

  • Technology Khabar
  • २७ आश्विन २०७७, मंगलवार