वनप्लसका सह संस्थापक कार्ल पेईले कम्पनी छोडे, नयाँ उद्यम सुरु गर्ने तयारीमा

  • Technology Khabar | २७ आश्विन २०७७, मंगलवार
वनप्लसका सह संस्थापक कार्ल पेईले कम्पनी छोडे, नयाँ उद्यम सुरु गर्ने तयारीमा

काठमाडौं ।

चिनियाँ प्रीमियम स्मार्टफोन निर्माता वनप्लसका सह संस्थापक कार्ल पेईले उक्त कम्पनी छोडेका छन्।

हालै आएको रिपोर्टअनुसार कम्पनीको एक आन्तरिक कागजात लीक भएको छ जसले पेई अब वनप्लससँग छैन भनेर स्पष्ट पार्दछ।

वनप्लस ८टी भोली अर्थात अक्टुबर १४ मा लन्च हुन गइरहेको छ र यो समाचार आउनु भन्दा ठीक एक दिन अघि कम्पनीका सहसंस्थापक कार्ल पेईले छोड्ने समाचार आउनु केहि आश्चर्यजनक छ।

यो उल्लेखनीय छ कि २०१३ मा ६ बर्ष अघि वनप्लस स्टार्टअपको रूपमा शुरू गरिएको थियो। वनप्लस पीट लाउ र कार्ल पेईलेसँगै सुरु गरेका थिए।

वनप्लसका प्रमुख कार्यकारी अधिकृत हाल पीट लाउ हुन् र उनी पनि यस कम्पनीका संस्थापक हुन्।

वनप्लसको एक आन्तरिक कागजात हालै रेडिटमा लीक भएको छ, जसले कार्ल पेई अब कम्पनीमा छैन भनेर जानकारी बाहिर आएको हो।

हालसालै, वनप्लस नर्ड सिरिज सुरू गरिएको छ र पेई यस श्रृंखलाको जिम्मेवार व्यक्ति थिए, तर अब एमिली डाईलाई नर्डको प्रमुख बनाइएको छ, जसले पहिले वनप्लस इण्डियाको जिम्मेवारी लिएकी थिईन्।

हाल यो स्पष्ट छैन कि पेईले वनप्लसलाई आफैं छोडेका छन् वा त्यहाँबाट उनलाई हटाइएको हो।

हालसम्म वनप्लसले वा पेईले कुनै पनि बयान जारी गरेका छैनन् ।

एक रिपोर्टका अनुसार कार्ल पेईले अब वनप्लस छोडेर नयाँ उद्यम सुरु गर्न तयारी गरिरहेका छन्। यसका लागि उनले लगानीकर्तासँग कुरा गरिरहेका छन्। एजेन्सी

प्रकाशित: २७ आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...