सनराइज बैंकले ल्यायो मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्न सकिने सुबिधा

Technology Khabar २७ आश्विन २०७७, मंगलवार

काठमाडौं ।

नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।

यस सेवाको सुरुसँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ ।

ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्ने जनाएको छ ।

प्रकाशित: २७ आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया