Technology Khabar २६ आश्विन २०७७, सोमबार
काठमाडौं ।
साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा इन्फरमेसन कम्युनिकेसन एण्ड टेक्नोलोजी सेसनमा बोल्ने वक्ताहरुले सूचना प्रविधिले देश फड्को मार्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
डिजिट नेपाल सार्थक बनाउन सरकारले विशेष कार्ययोजना लिएर अघि बढ्नुपर्ने उनीहरुको भनाइ छ ।
पूर्व मन्त्री डा विज्ञान शाहले डिजिटल ट्रान्सफरमेसनलाई विशेष जोड दिनुपर्ने बताए । उनले भने, ‘अनलाइन पेमेन्टलाई बढावा दिनुपर्छ ।’
डिजिटली क्षेत्रमा इनोभेसन हुँदै गएको उनको भनाइ छ । युवाहरु यस क्षेत्रमा आकर्षित हुँदै छन् । कोभिडपछि शिक्षामा आइटी प्रयोगमा जोन दिन आवश्यक देखिएको बताए । स्वास्थ्य र कृषि क्षेत्रमा पनि डिजिटल्ली जान सकिने उनको भनाइ छ ।
डिजिटली इकोनोमी अहिलेको आवश्यकता भएको भन्दै डा शाहले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताए। डिजिटलतर्फ बढी रोजगारी सिर्जना हुने गरी ध्यान दिनुपर्ने उनले जोड दिए ।
हावर्ड युनिभर्सिटीका प्रोफेसर दण्ड रावतले साइबर सेक्युरिटीमा विशेष ध्यान दिनुपर्ने बताए । साइबर अट्याकबाट जोगिन ध्यान दिन सकिने उनको भनाइ छ । तेस्रो विश्व युद्ध भएमा साइबर अट्याकबाटै हुन नसक्ने खतरा देखिएको उनको भनाइ छ ।
युनिभसिर्टी अफ टुर्कु फिनल्यान्डका प्रोफेसर राजीब कान्तले स्मार्ट सिटी निर्माणमा ध्यान दिनुपर्ने बताए । आइसिटी रिपोर्टले स्मार्ट सिटी निर्माण गर्न सकिने प्रशस्त संभावना रहेको बताए।
एनआइसिटी टोक्यो जापानका रिसर्च म्यानेजर डा.बेदप्रसाद काफ्लेले डिजिटल प्रविधिका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताए। प्रविधि आत्मसात गर्न पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ । ५जी नेटवर्कको प्रयोग र सेवाबाट जीवन सहज बनाउन सकिने उनको भनाइ छ ।
नेपाल प्रहरीका पूर्व डा राजीव सुब्बाले साइबर सुरक्षा र राष्ट्रिय सुरक्षा अन्तरसम्बन्धीत हुने बताए । नेपाल र भारतको नक्सा विवादसँगै नेपाल र भारतका ह्याकरले वेभसाइट ह्याक गर्ने गरेको बताए । नेपालको सन्दर्भमा यो घटना सामान्यरुमा लिइएपनि इस्टोनियाको जस्तो नेपालमा घटना भए के गर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने बताए।
नेपाल टेलिकमका म्यानेजिङ डाइरेक्टर डिल्लीराम अधिकारीले सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको बताए । डिजिटल फाउन्डेसनमा नेपालले छोटो समयमा फड्को मारेको बताए। उनले अष्टिकल फाइबर नभएको ठाउँमा छिट्टै फाइबर बिस्तार गरिने बताए। आइडिया इन्डेक्समा सफलता प्राप्त गरेको उनले जानकारी दिए ।
नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले १० वर्षमा मोबाइल र डाटा प्रयोग बढ्दै गएको जानकारी दिए। डिजिटल नेपालको परिकल्पना र दिगो विकास लक्ष्य प्राप्ती गर्नका लागि टेलिकमलाई महत्वपूर्ण स्थान दिएर अघि बढ्नुपर्ने बताए।
वर्ल्डलिंक कम्युनिकेसनका चिफ टेक्निकल अफिसर समित जानाले प्राइभेट अपरेटरको क्याक्सनमा समस्या रहेको बताए । योजना बनाउन नै समस्या हुने उनको भनाइ थियो। साइबर सेक्युरिटी ल को विषय आइरहेकाले त्यतातिर लगानी गर्न आवश्यक देखिएको उनले स्पष्ट पारे । दुर्गम क्षेत्रमा इन्टरनेट सेवा लैजान समस्या भएको गुनासो गरे।
प्रकाशित: २६ आश्विन २०७७, सोमबार