ओपोको पहिलो स्मार्ट टिभी अक्टुबर १९ मा सार्वजनिक हुँदै, दुई स्क्रीन साईजमा आउने

Technology Khabar २६ आश्विन २०७७, सोमबार

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड ओपो पछिल्लो स्मार्टफोन कम्पनी हो जुन स्मार्ट टिभी क्षेत्रमा प्रवेश गर्न चाहन्छ। ग्वांग्डोंगमा आधारित निर्माताले यसअघि नै हामीले टिभीको अपेक्षा गर्नुपर्ने बताईसकेको छ ।

अब यसले आधिकारिक प्रक्षेपण मिति सार्वजनिक गरेको छ । कम्पनीले चीनको शंघाईमा हुने विशेष कार्यक्रममा अक्टुबर १९ मा आफ्नो पहिलो टिभी लन्च गर्नेछ ।

हालै जारी टीज़रमार्फत कम्पनी मिति भन्दा बढि केहि जानकारी दिएको छैन् । तर कम्पनीले दुई मोडलका टिभीहरु लन्च गर्ने अपेक्षा गरिएको छ । जसमा मोडल नम्बर A65UB00 र A55UB00 रहेका छन् । स्पष्ट रूपमा पहिलो ६५ इन्चको प्यानलको साथ आउने छ भने अर्कोमा ५५ इन्चको प्यानल हुनेछ ।


केही स्रोतका अनुसार टिजरले वास्तवमा टिभीमा सेल्फी क्यामेरा राख्ने कुरा गरेको छ र
संभवत यो टिभीमा भिडियो कन्फ्रेन्सका लागि पप अप क्यामरा हुने अनुमान गरिएको छ । त्यसैगरि यसमा फोरके रिजोलुशनका साथ क्वान्टम डट डिस्प्ले प्यानलका हुनेछ । एजेन्सी

प्रकाशित: २६ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया