आइएमई पे ले ल्यायो दसैँको किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर

  • Technology Khabar | २५ आश्विन २०७७, आईतवार
आइएमई पे ले ल्यायो दसैँको किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्द्धित ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा तीस (३०) प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ।

किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अर्ग्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो।

यो अफर २५ असोजबाट शुरू भई कार्तिक ७ गतेसम्म कायम हुने जानकारी दिएको छ।

यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: २५ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...