हुण्डाई मोटरले सन् २०२५ सम्म १६ वटा फूल इलेक्ट्रिक मोडेल ल्याउने

  • Technology Khabar | २५ आश्विन २०७७, आईतवार
हुण्डाई मोटरले सन् २०२५ सम्म १६ वटा फूल इलेक्ट्रिक मोडेल ल्याउने

काठमाडौं ।

हुण्डाई मोटर कम्पनीले भविष्यको लागि इलेक्ट्रिक गतिशीलताको बारेमा ठूला योजनाहरू गरिरहेको छ।

दक्षिण कोरियाली कार कम्पनीले २०२५ सम्ममा कम्तिमा १६ वटा पूर्ण इलेक्ट्रिक मोडेलहरू सम्मिलित गर्ने योजना बनाएको छ ।

यसका लागि कम्पनीले विशेष गरी बीईभीहरू (ब्याट्री इलेक्ट्रिक भेहिकल)हरूका लागि आयोनिक सब ब्रान्ड पनि सिर्जना गरेको छ।

मिनी एसयूभीको साथ सुरू गर्दै कम्पनीले भारतमा पनि नयाँ ईभी सुरु गर्ने योजना बनाइरहेको रिपोर्ट आएको छ।

नेपाली बजारमा भने हुण्डाई मोटरले यसअघि नै आयोनिक ब्राण्डमा इभी लन्च गरिसकेको छ ।

प्रकाशित: २५ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...