
काठमाडौं ।
नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटीटीएच (फाइबर टु द होम) सेवा डडेल्धुरा जिल्लामा सुरु भएको छ ।
डडेल्धुरा जिल्लामा उच्च गतिको इन्टरनेट सेवा सुरु भएसँगै ग्राहक बढ्न थालेको नेपाल टेलिकम डडेल्धुराले जनाएको छ ।
एफटीटीएच सेवाअन्तर्गत एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन, द्रुत गतिको इन्टरनेट सेवा प्रदान भइरहेको र केही समयपछि टेलिभिजनसमेत हेर्न मिल्ने भएको छ ।
भदौ पहिलो सातादेखि डडेल्धुरा जिल्ला सदरमुकाममा सुरु भएको सो सेवा २१० जनाले लिइसकेको नेपाल टेलिकम डडेल्धुराका कार्यालय प्रमुख प्रकाशराज भट्टले बताए । आजको गोरखापत्रबाट
प्रकाशित: २५ आश्विन २०७७, आईतवार