पाकिस्तानमा भिडियो शेयरिङ्ग एप टिकटक माथि प्रतिबन्ध

  • Technology Khabar | २३ आश्विन २०७७, शुक्रबार
पाकिस्तानमा भिडियो शेयरिङ्ग एप टिकटक माथि प्रतिबन्ध

काठमाडौं ।

पाकिस्तानले भिडियो शेयरिङ्ग एप टिकटक माथि प्रतिबन्ध लगाएको छ ।

यसभन्दा पहिले भारतले टिकटकलाई प्रतिबन्धित गरेको थियो भने अमेरिकाले पनि टिकटकको अमेरिकी व्यवसाय बिक्री गर्न वा प्रतिबन्धित हुन चेतावनी दिएको थियो ।

पाकिस्तानको दूरसञ्चार प्राधिकरणले अनैतिक, अभद्र र अश्लील सामग्रीको ठूलो मात्रामा गुनासो प्राप्त गरिसकेपछि चिनियाँ एप टिकटकलाई चेतावनी दिएको थियो। तर टिकटकले ती चेतावनी र गुनासोहरुमा कुनै एक्सन नलिएको बताईएको छ।

दूरसञ्चार प्राधिकरण (पीटीए) ले भन्यो कि समाजका धेरै वर्गबाट ​​प्राप्त गुनासोको आधारमा पीटीएले भिडियो साझेदारी एपलाई ब्लक गर्न आदेश जारी गरेको छ।

रिपोर्टका अनुसार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान दूरसञ्चार प्राधिकरणलाई इन्टरनेट, सोशल मिडिया र एप्सलाई अश्‍लील सामग्रीरहित बनाउन आग्रह गरेका थिए।

त्यसपछि पीटीएले पाँच डेटिङ्ग एप्समा प्रतिबन्ध लगाएको थियो जसलाई नग्नता र समलैगिकता फैलाएको आरोप लगाइएको थियो। हाल टिकटकमाथि समेत प्रतिबन्ध लगाईएको हो । एजेन्सी

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...