हल्ट प्राइजअन्तरगत शनिबार उद्यमशीलता सम्बन्धी भर्चुअल टक हुँदै

  • Technology Khabar | २३ आश्विन २०७७, शुक्रबार
हल्ट प्राइजअन्तरगत शनिबार उद्यमशीलता सम्बन्धी भर्चुअल टक हुँदै

काठमाडौं ।

पुल्चोक इन्जिनियरिङ्ग कलेजमा हुने हल्ट प्राइज आईओई र नेक्स्ट जेनले शनिबार ‘आन्टरप्रिनियरसिप टक सिरिजस् लेभल टु बिल्डिङ अ टिम’ शीर्षकमा दोस्रो भर्चुअल टक सिरिज आयोजना गर्दैछ ।

सो सिरिजमा पाकिस्तानी मूलका बलिउड कलाकार अलि जफर पनि भर्चुअल उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

सो सेसनमा फोर्ब्स, आन्ट्रप्रेनियर, आईबीटी र सीएनएन जस्ता ग्लोबल साइटहरुमा फिचर भइसकेका वक्ताहरुको उपस्थिति हुनेछ । जसमा सफल व्यक्तिहरुको उपस्थिती हुने बताईएको छ।

यसअन्तर्गत लोजिक एक्सवाई, डाइरेक्ट पे, पोडमियो, वू एजेन्ट र अन्य सास कम्पनीहरुका प्रतिनिधिहरु पनि रहने छन् ।

पाकिस्तानी मूलका अलि जफर गायक, मोडल, कलाकार, संगीतकार, चित्रकार, कवि, लेखक, प्रोड्युसर तथा मानवीय कार्यमा पनि संलग्न छन् । उनले कार्यक्रममा टिम निर्माण र कडा परिश्रमको बारेमा बोल्नेछन् ।

कार्यक्रममा यसका साथै फोर्ब्समा फिचर भएका सतिस गैरेले पनि बोल्ने बताईएको छ।

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार