मोबाइल एपमार्फत नै मिस युनिभर्स नेपाल २०२० को लागि आवेदन दिन सकिने

Technology Khabar २३ आश्विन २०७७, शुक्रबार

काठमाडौं ।

मोबाइल एपमार्फत नै मिस युनिभर्स नेपाल २०२० को लागि आवेदन दिन सकिने भएको छ । मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठद्वारा स्थापित मिस युनिभर्स संगठनको नयाँ दीर्घकालिन फ्रान्चाइज ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रालिले नयाँ एप तयार पारेको हो ।

सो एप सार्वजनिक भएसँगै उक्त प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत खुल्ला गरिएको छ ।

मिस युनिभर्स नेपाल २०२० को ताजको पुरस्कार राशी १० लाख रहने छ भने सो प्रतियोगितामा सहभागी हुन नेपाली नागरिकका लागि रु.१००० र गैरनेपालीका लागि ५० डलर तोकिएको छ ।

प्रतियोगितामा कद, तौल, भाषा आदि कुनै पनि आधारमा प्रतिबन्ध नलगाइए जनाइएको छ । साथै पारलैंगिक सहभागीहरुका लागि समेत खुला रहेको आयोजकले जनाएको छ ।

सार्वजनिक गरिएको एपमा प्राप्त हुने प्रथम २० आवेदनहरु निःशुल्क रहनेछन् भने त्यसपश्चातका पाँच हजार आवेदनको शुल्क नेपाली नागरिकका लागि १००० र गैरनेपालीका लागि ५० डलर रहने कम्पनीले जनाएको छ ।

सो एप एप्पल एप स्टोर र गूगल प्ले स्टोर दुबैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया