नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता

  • Technology Khabar | २२ आश्विन २०७७, बिहीबार
नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता भएको छ ।

बुधबार उक्त ‍समझदारी पत्रमा नेपाल महिला चेम्बरको तर्फबाट सभापति उर्मिला श्रेष्ठ र सोचेको डटकमको तर्फबाट प्रबन्ध निर्देशक शैलेस लोहनीले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा बोल्दै नेपाल महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले अनलाइनको बढ्दो प्रयोगको साथै चेम्बरसँग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको व्यापार अभिवृद्धि गर्न सोचेको डटकम पोर्टलद्वारा एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान बिक्री वितरण गर्न लागिएको र यो व्यवस्था प्रभावकारी हुने अपेक्षा रहेको बताइन ।

नेपाल महिला चेम्बर नेपालका महिला उद्यमीहरुको साझा छाता संगठनको रुपमा रहेको र यसले महिला उद्यमीहरुका हकहितका लागि विभिन्न कार्य गर्दै आइरहेको छ ।

नेपाल महिला चेम्बर र सोचेको डटकमबीचको समझदारी पत्रले महिला व्यसायीहरुको व्यापार वृद्धि हुने र हाल कोभिड १९ को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङको सम्भावना र सम्भाव्यता अझ बढिरहेको श्रेष्ठले बताइन । साथै यसबाट सबै आम उपभोक्तालाई स्वास्थ्यका दृष्टिले र आर्थिको दृष्टिले समेत लाभान्वित हुने उनले बताइन् ।

समझदारीअनुसार चेम्बरमा आबद्ध महिला उद्दमीले उत्पादन गरेका वस्तुको बिक्री तथा प्रबर्द्धन सोचेको डटकमले गर्ने बताईएको छ ।

प्रकाशित: २२ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार