कृषि विकास बैंक ह्याकिङ प्रकरणः थप एकजना अभियुक्त कञ्चनपुरबाट पक्राउ

Technology Khabar २० आश्विन २०७७, मंगलवार

कृषि विकास बैंक ह्याकिङ प्रकरणः थप एकजना अभियुक्त कञ्चनपुरबाट पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं ।

ठिक २ वर्षअघि भएको कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एकजना भारतीय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार भारतीय व्यापारी सुशील गर्ग पक्राउ परेका हुन् ।

भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्गलाई नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित गड्डाचौकीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

गर्गलाई अपराध महाशाखा काठमाडौं र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त प्रहरी टोलीले सोमबार कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो ।

गर्गले अनाधिकृत रुपमा विद्युतीय माध्यमको दुरुपयोग गरी कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको आरोप छ ।

२०७६ असोजमा कृषि विकास बैंक लहान शाखाको सिस्टम ह्याक गरी एक गिरोहले ४ करोड ७३ लाख रुपैयाँ विभिन्न खाताहरुमा ट्रान्सफर गरी लुटेको थियो। सोही घट्नाका फरार आरोपी हाल पक्राउ परेको प्रहरीले उल्लेख गरेको छ ।

सिस्टम ह्याक गरेर कृषि विकास बैंकमा रकम चोरीएको प्रहरीको भनाई, ह्याकर समूहका १२ जना पक्राउ

जिल्ला अदालत काठमाडौँले बैंकिङ कसुर र संगठित अपराध मुद्दामा २०७६ असार ७ गते उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी गरेको थियो ।

यो पनि हेर्नुस्

कृषि विकास बैंकको सूचना प्रविधि प्रणाली ह्याक गर्ने फरार आरोपित व्यक्ति पक्राउ

प्रकाशित: २० आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया