भ्रामक समाचार प्रकाशन गरी ब्ल्याकमेल गर्ने, साईबर अपराध तथा ठगी गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २० आश्विन २०७७, मंगलवार
भ्रामक समाचार प्रकाशन गरी ब्ल्याकमेल गर्ने, साईबर अपराध तथा ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।

भ्रामक समाचार प्रकाशन गरी ब्ल्याकमेल गर्ने, साईवर अपराध तथा ठगी गर्ने एक जनालाई प्रहरीले ‍पक्राउ गरेको छ।

कर्णाली अवाज डटकममा प्रकाशन गर्ने र बद्नाम गराउने गरेको, कर्णाली एचडी फेसबुक पेज तथा यूट्यूब च्यानलमार्फत भ्रामक समाचार, भिडियो, तथा फेसबुक पेजमा नक्कली एकाउन्ट बनाई विभिन्न व्यक्तिहरुको चरित्रहत्या गर्ने जुम्ला जिल्लाका २६ वर्षिय पसल रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका रोकायाले सिटिईभिटी तथा नर्सिङ् काउन्सिलको परिक्षामा उर्तिंण गराईदिन्छु भनी रकम ठगी गर्ने, लोकसेवाको परिक्षामा पास गराईदिन्छु भनि रकम ठगी गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ।

आईटीका मास्टरमाईन्ड पसलले आफ्नो विज्ञताको दुरुपयोग गरेर ठगी धन्दा चलाएका थिए । उनको निशानामा सवैभन्दा धेरै नर्सिङ पढेकाहरु पर्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । उनी दुई पटकसम्म साइबर मुद्धा खेपेर धरौटीमा छुटेको रोकायाले महानगरिय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले पक्राउ गरेको हो।

हाल सो बारेमा आवश्यक अनुसन्धान कार्य जारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २० आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार