दशैंमा घुम्दै हुनुहुन्छ? एक्सलट्रिपको एप र वेबसाइटबाट बुकिङ गर्दा ३ सय रुपैयाँ क्यासब्याक पाईने

  • Technology Khabar | २० आश्विन २०७७, मंगलवार
दशैंमा घुम्दै हुनुहुन्छ? एक्सलट्रिपको एप र वेबसाइटबाट बुकिङ गर्दा ३ सय रुपैयाँ क्यासब्याक पाईने

काठमाडौं ।

एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यासब्याक दिने भएको छन् । दशैं तिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निशुल्क क्यास ब्याक दिने योजना ल्याएको छ ।

बुकिङबाट पाउने ३ सय रुपैयाँ संसारभरिका जुनसुकै होटल तथा प्लेन बुकिङमा प्रयोग गर्न सकिने छ । त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले नेपालको पर्यटन प्रर्वधन हाम्रो दायित्व मुल नाराका साथ प्रोमोटिङ नेपाल र प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल अभियान नै सञ्चालन गरेको छ।

एक्सलट्रिपले नेपालको पर्यटनलाई प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको छ। यसका लागि सम्बन्धित निकायसंग पनि छलफल सुरु गरिसकेको एक्सलट्रिपका उप–राष्ट्रिय निर्देशक शरद प्रधानले जानकारी दिए।

एक्सलट्रिप नेपालकै पहिलो ओटीए प्लेटफर्म हो । एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xcletrip.com)बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने छ।

एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट फोनपेलगायत बैंकहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैंक कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिनेछ । एक्सलट्रिप नेपालले हाल जिरो प्रतिशत कमिसनमा हरेक होटल वा एयरलान्स बुकिङ सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।

प्रकाशित: २० आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार