सरकारी वेबसाइटहरु डाउन, एनआईटिसीमा रहेको हार्ड डिस्क क्र्याश हुँदा सयौं साइट बन्द

  • Technology Khabar | १८ आश्विन २०७७, आईतवार
सरकारी वेबसाइटहरु डाउन, एनआईटिसीमा रहेको हार्ड डिस्क क्र्याश हुँदा सयौं साइट बन्द

काठमाडौं ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटिसी)मा आधारित रहेका सरकारी निकायहरुको वेबसाइट डाउन भएको छ । केन्द्रमा होस्ट गरिएका सम्पूर्ण सरकारी निकायका वेबसाइट डाउन भएको हो ।

केन्द्रमा सरकारी निकायका वेबसाइटहरुको डाटा स्टोरको लागि उपयोग हुँदै आएको हार्ड डिस्क नै क्र्यास भएसँगै देशभरका करिब १२ सय वेबसाइटहरु डाउन भएको स्रोतले जानकारी दिएको छ ।

यो समाचार तयार पार्दासम्म अर्थ मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, कृषि विभाग, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, हुलाक सेवा विभागलगायत करिब १२ सय सरकारी निकायको वेबसाइट नखुलेका र प्रभावित भएका छन् ।

ती सबै साइटहरुमा द कनेक्सन ह्यास टाईम आउट भनेर देखाएको छ ।

केन्द्रमा राखिएका हार्ड डिस्कमा समस्या हुँदा सरकारी वेबसाइटहरु डाउन भएको स्रोतले दाबी गरेको छ ।

‘केन्द्रका हार्ड डिस्क गूणस्तरहिन हुँदा यसअघि पनि पटक पटक समस्या देखिने गरेको थियो। यसपटक रिकभर नहुने गरि नै क्रयास भएको छ,’ स्रोतले भन्यो ।

यस बारेमा थप जानकारीको लागि केन्द्रका सूचना अधिकारी रमेश प्रसाद पोखरेललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

केन्द्र भन्दा बाहिर होस्ट गरिएका वेबसाइटहरु भने संचालन भईरहेका छन् ।

प्रकाशित: १८ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...