सानिमा बैंकको दशैं धमाका योजना, डेबिट र क्रेडिट कार्डमार्फत दराजबाट किन्दा २० प्रतिशत छुट

  • Technology Khabar | १८ आश्विन २०७७, आईतवार
सानिमा बैंकको दशैं धमाका योजना, डेबिट र क्रेडिट कार्डमार्फत दराजबाट किन्दा २० प्रतिशत छुट

काठमाडौं ।

नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २,५००/– सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘First come first serve’ को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही १९ आश्विनदेखि कात्तिक २ गतेसम्म, दुई साताका लागि लागू हुनेछ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार