
काठमाडौं ।
एनसेल आजीयाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकहरुको लागि ‘कुरै कुरामा उपहार’ योजना ल्याएको छ ।
कम्पनीले हालै सो योजनाबारे सार्वजनिकरुपमा जानकारी दिएको छ ।
कम्पनीले यो योजनाअन्तरगत दैनिक, साप्ताहिक र मासिक रुपमा सबैभन्दा बढी कल गर्ने प्रिपेड ग्राहकहरुलाई विभिन्न उपहारहरु प्रदान गर्नेछ ।
दैनिकरुपमा सबैभन्दा बढी कल गर्ने ग्राहकहरु मध्येबाट टप ७०० जनालाई २०० रुपैयाँ बराबरको बोनस ब्यालेन्स दिनेछ भने यो ब्यालेन्स रकम एनसेल नेटवर्कमा मात्र कुरा गर्न, एसएमएस गर्न र इन्टरनेट प्रयोग गर्न सकिनेछ ।
यो योजनामा सातै वटा प्रदेशबाट १०० जनाको दरले ७०० जना धेरै कल गर्ने सेवाग्राहीलाई चयन गरिने कम्पनीले जानकारी दिएको छ।
यसैगरि साप्ताहिक रुपमा सबैभन्दा बढी कल गर्ने ग्राहकहरुमध्येबाट टप ७ जना सेवाग्राहीहरुलाई सामसङको ग्यालेक्सी एम०१एस स्मार्टफोन प्रदान गरिने जानकारी दिएको छ । यसमा पनि ७ जना ग्राहकहरु ७ वटै प्रदेशबाट एक एक जनाको दरले छनौट गर्नेछ ।
योजनाअवधिभर सबैभन्दा बढी कल गर्ने कलरहरुमध्येबाट २ जनालाई सामसंग ग्यालेक्सी नोट २० स्मार्टफोन एनसेलले उपहार दिने भएको छ ।
साथै हरेक ग्राहकहरुले दैनिक निश्चित समयसम्म कल गरे बापत बोनस मिनेट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजना आज असोज १८ गते आईतवारदेखि मंसिर १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: १८ आश्विन २०७७, आईतवार