काठमाडौं ।
इलेक्ट्रिक कार मेकर अमेरिकी कम्पनी टेस्लाले अर्को वर्ष भारतीय बजारमा प्रवेश गर्ने संकेत दिएको छ ।
टेस्लाका संस्थापक तथा सिईओ एलन मस्कले हालै ट्विटरमार्फत सन् २०२१ मा भारतीय बजारमा टेस्ला प्रवेश गर्ने संकेत दिएका हुन् ।
उनले एउटा ट्वीटको जवाफ दिँदै अर्को वर्ष पक्का भनेर लेखेका छन् ।
यसअघि पनि उनले भारतीय बजारमा आउने इच्छा देखाएका थिए । तर कहिले भनेर स्पष्ट पारेका थिएनन् ।
भारतीय बजारमा हाल मागमा आएको कमीका कारण गाडिको बजार निकै सुस्त रहेको छ ।
प्रकाशित: १७ आश्विन २०७७, शनिबार