भारतमा मोबाइल फोनको मूल्य ३ प्रतिशतसम्म बढ्ने, नेपाली बजारमा पनि असर हुनसक्ने

  • Technology Khabar | १७ आश्विन २०७७, शनिबार
भारतमा मोबाइल फोनको मूल्य ३ प्रतिशतसम्म बढ्ने, नेपाली बजारमा पनि असर हुनसक्ने

काठमाडौं ।

भारतमा सरकारले डिस्प्लेको आयातमा १० प्रतिशत शुल्क लगाएको छ, जसका कारण मोबाइल फोनको मूल्य तीन प्रतिशतसम्म बढ्न सक्छ।

भारतीय सेलुलर एण्ड इलेक्ट्रोनिक्स संघ (आईसीईए) ले शुक्रबार यो जानकारी दिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

यो शुल्क अक्टुबर १ देखि डिस्प्ले एसेम्बली र टच प्यानलमा लगाउन प्रस्ताव गरिएको थियो। सन् २०१६ मा, यसलाई चरणबद्ध उत्पादन कार्यक्रम (पीएमपी)अन्तर्गत उद्योगहरुसँगको सहमतिमा नै लागू गर्ने प्रस्ताव राखिएको थियो।

आईसीईएका राष्ट्रिय अध्यक्ष पंकज महेन्द्रुले एक विज्ञप्तिमा भनेका छन्, ‘यसले मोबाइल फोनको मूल्य डेढदेखि तीन प्रतिशतले बढाउनेछ।’

आईसीईए सदस्यमा एप्पल, ह्वावे, शाओमी, भिभो र विन्स्ट्रोन जस्ता कम्पनीहरू छन्।

पीएमपीको उद्देश्य कम्पोनेन्टको घरेलू उत्पादनलाई प्रोत्साहित गर्नु र त्यसपछि उनीहरूको आयातलाई निरुत्साहित गर्नु हो। महेन्द्रूले भने, ‘कोविड १९ महामारी र राष्ट्रिय हरित न्यायाधिकरण को एम्बार्गो को कारण उद्योगले पर्याप्त मात्रामा डिस्प्ले एसेम्बलीको उत्पादन बढाउन सकेन।

भारतमा यसले स्थानीय मोबाइल उत्पादनमा ३ प्रतिशत मूल्य वृद्धिसँगै नेपाली बजारमा  पनि यसको असर पर्नेछ ।

नेपाली बजारमा हाल चीन भियतनाम र भारतबाट मोबाइल फोनहरु तथा त्यसका डिस्प्ले लगायतका पार्टपुर्जाहरु आयात हुँदै आएको छ ।

भारतको सो निर्णयसँगै नेपाली बजारमा भारतबाट आउने फोनहरुको मूल्यमा वृद्धि हुने अनुमान गरिएको छ । यसले विशेषगरि भारतीय फोनहरुको मूल्यमा सिधा असर पार्नेछ ।

चालु आवको पहिलो महिनामा १ लाख ७६ हजार भन्दा बढि यूनिट मोबाइल फोनहरु भारतबाट मात्रै आयात भएको छ ।

प्रकाशित: १७ आश्विन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...