आईफोन १२ को सबैभदा सस्तो मोडलको मूल्य ६४९ डलर, कुन मोडलको कति मूल्य हुनेछ हेर्नुस्

Technology Khabar १७ आश्विन २०७७, शनिबार

काठमाडौं ।

एप्पलले छिटै नै आईफोन १२ लाइनअपमा फोनहरु लन्च गर्दैछ । अक्टोबर १३ मा सार्वजनिक हुने भनिएको तर औपचारिकरुपमा घोषणा नभईसकेको इभेन्टमा कम्पनीले आईफोन १२ लाइनअपका चार नयाँ सदस्यहरू ल्याउनेछ ।

एप्पलको इतिहासमा नै पहिलो पटक चार फरक मोडलहरु एउटै सिरिजमा लन्च हुन लागेका छन् ।

यी फोनहरुको बारेमा विभिन्न चर्चा र अफवाहहरु आई नै रहेका छन् ।

यति धेरै फोनहरूको साथ, तिनीहरू प्रत्येक मोडल आ(आफ्नै मेमोरी संयोजनहरूमा आउँछन्, तिनीहरूले मूल्य निकै फराकिलो दायरा ओगट्ने देखिएको छ।

एक लीकस्टरका अनुसार आईफोन १२ मिनी ६४९ अमेरिकी डलरबाट सुरू हुनेछ, आईफोन १२ प्रो म्याक्सको लागि उच्च मूल्य ट्याग १,३९९ अमेरिकी डलर हुनेछ ।

प्रत्येक आईफोन १२ सिरिजका मोडलहरुको स्टोरेज अप्सन ३ वटा हुने देखिएको छ । जसमध्ये आईफोन १२ मिनी र आईफोन १२ मा ६४जीबी, १२८ जीबी र २५६जीबी स्टोरेज अप्सन हुनेछ ।

अर्कोतर्फ प्रिमियम मोडलहरुमा भने १२८ जीबीभन्दा माथि स्टोरेज अप्सन हुनेछ । जसमा १२८जीबी, २५६जीबी र ५१२जीबी स्टोरेज अप्सन हुनेछ ।

लीक जानकारीकाअनुसार आईफोन १२ मिनीमा ५.४ इन्चको स्क्रीन हुनेछ भने आईफोन १२ र आईफोन १२ प्रोमा समान ६.१ इन्चको स्क्रीन हुनेछ ।
त्यसैगरि आईफोन १२ म्याक्समा भने ६.७ इन्चको स्क्रीन राखिनेछ ।

आईफोन मिनीको न्यूनतम मूल्य ६४९ डलरबाट शुरु हुनेछ भने आईफोन १२ को मूल्य ७४९ डलरबाट शुरु हुनेछ ।

त्यसैगरि आईफोन १२ प्रोको आधार मूल्य ९९९ अमेरिकी डलरबाट माथि हुनेछ भने आईफोन १२ प्रो म्याक्सको शुरुवाती मूल्य १,०९९ अमेरिकी डलर हुनेछ ।

हेर्नुस् आईफोन १२ सिरिजको संभावित मूल्य (अमेरिकी डलरमा) सूची-

फोन६४ जीबी१२८ जीबी२५६ जीबी५१२ जीबी
आईफोन १२ मिनी६४९६९९७९९
आईफोन १२७४९७९९८९९
आईफोन १२ प्रो९९९१०९९१२९९
आईफोन १२ प्रो म्याक्स१०९९११९९१३९९

प्रकाशित: १७ आश्विन २०७७, शनिबार

तपाइको प्रतिक्रिया