डिशहोमको पे पर भ्यू सुबिधा शुरु, बलिउड चलचित्र “खाली पीली” डिशहोम सिनेमाघरमा हेर्न पाईने

  • Technology Khabar | १६ आश्विन २०७७, शुक्रबार
डिशहोमको पे पर भ्यू सुबिधा शुरु, बलिउड चलचित्र “खाली पीली” डिशहोम सिनेमाघरमा हेर्न पाईने

काठमाडौं ।

नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ।

असोज १६ गते रिलिज हुने चलचित्र “खाली पीली” पे पर भ्यू सुविधामार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तराष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उदेश्यले डिशहोमले सिनेमाघर ईन्टरनेशनल ९९९ संचालनमा ल्याएको हो ।

विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलो पटक डिशहोमले संचालन गरिरहेको छ । डिशहोमले पे पर भ्यू सेवा मार्फत न्युनतम मुल्यमा परिवारसंग घरमा नै बसेर नयाँ नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नं. १०८ ,८८८ र ५५५ यसअघि नै सफलताका साथ संचालन गरिरहेको छ ।

दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा चलचित्र “खाली पीली” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा मोड९९९ आफ्नो कास आईडी अनि हेर्न चाहेको सो समय टाईप गरि साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार