अमेरिकी सिनेटले गूगल, फेसबुक, र ट्विटरका प्रमुखहरुलाई समितिमा उपस्थित गराउने

  • Technology Khabar | १६ आश्विन २०७७, शुक्रबार
अमेरिकी सिनेटले गूगल, फेसबुक, र ट्विटरका प्रमुखहरुलाई समितिमा उपस्थित गराउने

काठमाडौं ।

अमेरिकी सिनेटको वाणिज्य समितिले टेक कम्पनीहरु गूगल, फेसबुक, र ट्विटरका प्रमुखहरुलाई समितिमा उपस्थित गराउने विषयमा मतदानमार्फत भोट गरेर पारित गरेको छ ।

अब सुन्दर पिचाइ, मार्क जुकरबर्ग र ज्याक डोर्सीलाई सिनेटर्सले प्रत्यक्षरुपमा उनीहरुको बिभिन्न प्रकारको कन्टेन्टको बारेमा उनीहरूको नीतिहरूको बारेमा प्रश्नोत्तरी गर्नेछन्।

यसमध्ये सबैभन्दा ध्यान केन्द्रित भएको विषय भनेको उनीहरूले आफ्नो प्लेटफर्ममा माथि उठाउने र वा तल झार्ने कन्टेन्टहरुको सम्बन्धमा उनीहरूले आनन्द लिइरहेको कानूनी सुरक्षा हुनेछ।

यसका साथै तिनीहरूलाई गोपनीयता र गलत सूचनाको बारेको विवादमा पनि चुनौती दिन सकिनेछ।

समितिका रिपब्लिकन र डेमोक्र्याट सांसदहरुले कम्पनीका प्रमुख कार्यकारीलाई बोलाउन सर्वसम्मतिले मतदान गरे।

यद्यपि प्रत्येक पक्षले फरक प्राथमिकता पाउने सम्भावना छ ।

‘मानवजातिको इतिहासमा त्यस्तो शक्ति पहिला कहिल्यै भएको थिएन्,आज पैसा, एकाधिकार, शक्ति र घमण्डका साथ टेक कम्पनीहरुले प्रयोग गरीरहेको छन्,’ रिपब्लिकन सिनेटका टेड क्रूजले मतदान पछि भने।

अहिलेको उपस्थिती गराउने निर्देशनले गत जुलाईमा भएको पहिलेको सुनुवाईलाई अनुसरण गरेको छ जतिबेला अमेजन, एप्पल, फेसबुक र गूगलका प्रमुखहरूले प्रतिस्पर्धा मुद्दाहरू र पक्षपातको दाबीको बारेमा हाउस कमिटीलाई बयान दिएका थिए ।

हाल, सोशल मिडिया प्लेटफर्महरू र अन्य वेबसाइटहरू कम्युनिकेशन्स डिसेन्सी एक्टको धारा २३० अन्तर्गत मुद्दा चलाउन वा दण्ड जरिवानाबाट सुरक्षित छन्। यसको अर्थ उनीहरुको प्लेटफर्ममा प्रयोगकर्ताले के राख्छन भन्ने दायित्वबाट बाहिर छन् । बीबीसी

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार