आईफोन १२ को बेस मोडल ६४ जीबी स्टोरेजमा आउने, प्रो भर्सन भने १२८ जीबीबाट शुरु हुने

  • Technology Khabar | १६ आश्विन २०७७, शुक्रबार
आईफोन १२ को बेस मोडल ६४ जीबी स्टोरेजमा आउने, प्रो भर्सन भने १२८ जीबीबाट शुरु हुने

काठमाडौं ।

आईफोन १२ को बारेमा विभिन्न अनौपचारिक र नयाँ अफवाहहरू आइरहेका छन् । कम्पनीले यहि अक्टोबरमा आइफोन लन्च गर्ने तयारी गरेको भित्री समाचारहरु आईरहेको बेला आईफोन १२ सिरिजको बारेमा दैनिक नयाँ समाचार आईरहेका छन् ।

हालै आएको एउटा जानकारीअनुसार आईफोन १२ को इन्ट्रि फोन ६४जीबी स्टोरेजको साथ आउँछ भनेर दाबी गरिएको छ।

यस बाहेक अन्य स्टोरेज अप्सत गत वर्षको संस्करणहरू जस्तै १२८ जीबी र २५६ जीबी क्षमतामा उपलब्ध हुनेछन् । सस्तो आईफोन १२ कालो, सेतो, नीलो, रातो, पहेंलो र मूगा सहित कुल छ रंगहरूमा आउनेछ।

आईफोन १२ प्रो र १२ प्रो म्याक्स १२८ र २५६ र ५१२ जीबी स्टोरेज भेरिएन्टमा आउने अपेक्षा गरिएको छ।

यी भेरिएन्ट कालो, सेतो र सिल्भर रंगहरूमा सीमित हुनेछन्। एप्पलले आफ्नो आईफोन १२ घोषणा अक्टुबर १३ मा राख्ने अपेक्षा गरिएको छ।

आईफोन १२ सिरिजको पहिलो ब्याच अक्टुबर ५ मा वितरकहरुकोमा आइपुग्नेछ। स्टोरहरुमा आईपुग्ने पहिलो आईफोन ५.४ इन्चको आईफोन मिनी र ६.१ इन्चको आईफोन १२ म्याक्स हुनेछ।

यसअघिका समाचारहरुका अनुसार कम्पनीले यस पटक आईफोन १२ सिरिजमा ईयरफोन र चार्जर भने ग्राहकहरुलाई दिनेछैन्। एजेन्सी

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार