गूगल मिटमा एकैसाथ ४९ व्यक्तिलाई कसरी भिडियो कल गर्ने? यहाँ जान्नुहोस् सरल तरीका

  • Technology Khabar | १६ आश्विन २०७७, शुक्रबार
गूगल मिटमा एकैसाथ ४९ व्यक्तिलाई कसरी भिडियो कल गर्ने? यहाँ जान्नुहोस् सरल तरीका

काठमाडौं ।

कोरोना महामारीको कारण, भिडियो कलिङ्ग वा भिडियो कन्फ्रेन्सिङ्ग सेवा साथीहरू, आफन्तहरू र कार्यालयका सहकर्मीहरुसँग सम्पर्कमा रहनको लागि हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा भएको छ।

अहिलेको समयमा, भिडियो कल गर्ने व्यक्तिको संख्यामा समेत उल्लेखनीय वृद्धि भएको छ। भिडियो कलिङ्गमा ठूलो समूहसँग कुराकानी आजकल सामान्य भइसकेको छ र बैठकमा सबै व्यक्तिहरूलाई उपस्थित भएको हेर्नु पनि चाखलाग्दो हुन्छ।

यो विषयलाई ध्यानमा राख्दै गूगलले केहि समयअघि यसको भिडियो कन्फरेन्सिङ्ग टूल गूगल मिटमा एकैचोटि ४९ जनासम्म सहभागी हुनसक्ने सुबिधा जारी गरेको थियो।

जे होस्, यो सपोर्ट बाई डिफल्ड निस्क्रिय बनाईएको हुन्छ र तपाईंले यसलाई म्यानुअल्ली इनेबल गर्नुपर्नेछ। यो गर्नका लागि तपाईले केहि चरणहरू अनुसरण गर्नुपर्नेछ, जुन हामी तपाईंलाई यहाँ बताउन जाँदैछौं।

  • https://apps.google.com/meet/ को माध्यमबाट गूगल मिट खोल्नुहोस्।
  • तपाईंको आवश्यकता अनुसार ज्वाइन अब मिटिंग ‘बैठकमा समावेश हुनुहोस्’ वा स्टार्ट अ मिटिंग ‘बैठक सुरु गर्नुहोस्’ मा क्लिक गर्नुहोस्।
  • एक पटक मिटिंग रुममा पुगिसकेपछि, स्क्रिनको दायाँ कुनामा अवस्थित तीनवटा तेर्सो रेखाहरूमा जानुहोस् र त्यसमा क्लिक गर्नुहोस्।
  • यस पछि, ‘चेन्ज लेआउट’ अर्थात ‘लेआउट परिवर्तन गर्नुहोस्’ मा क्लिक गर्नुहोस्।
  • यस पछि, देखिने चार विकल्पहरू मध्ये तपाईँले ‘टाईल्ड’ लेआउटमा क्लिक गर्नुहोस्।
  • यस पछि, टाइलहरूको संख्या ४९ मा सेट गर्न, स्लाइड गर्दै तल पुरै दायाँ तान्नुहोस्।

अब यस पछि, तपाईं एकै समयमा तपाईंको स्क्रीनमा ४९ जना व्यक्तिलाई देख्न सक्नुहुनेछ। यो सुविधा वेबको लागि मात्र उपलब्ध छ।

बाई डिफल्डद्वारा तपाईं अटो लेआउटमा ९ वटा र टाइल्ड लेआउटमा १६ वटा टाईलहरू स्वत देख्न सक्नुहुनेछ।

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...