पोकोको नयाँ स्मार्टफोन पोको सी ३ अर्को साता सार्वजनिक हुँदै, बजेट स्मार्टफोनको रुपमा आउने

  • Technology Khabar | १५ आश्विन २०७७, बिहीबार
पोकोको नयाँ स्मार्टफोन पोको सी ३ अर्को साता सार्वजनिक हुँदै, बजेट स्मार्टफोनको रुपमा आउने

काठमाडौं ।

पोकोको नयाँ स्मार्टफोन पोको सी ३ केहि यहि अर्को साता लन्च हुने भएको छ । पोको ब्राण्डको बजेट फोन सिरिज अन्तरगत आउने पोको सी ३ भारतीय बजारमा सबैभन्दा पहिले उपलब्ध हुनेछ।

यो स्मार्टफोन भारतमा ६ अक्टूबरमा लन्च हुने पोको इण्डियाले जानकारी दिएको छ। यो भारतीय समयअनुसार दिउँसो १२ बजे लन्चिंग हुनेछ।

कम्पनीले ट्वीटको माध्यमबाट यो जानकारी दिएको छ। यद्यपि कम्पनीले यस ट्वीटमा पोको सी३ का कुनै खास विशेषहरुको बारेमा उल्लेख गरेको छैन।

कम्पनीले यसलाई ‘दि गेम चेन्जर’ नाराका साथ लन्च गर्ने तयारी गरेको छ ।

यो स्मार्टफोन गत जूनमा मलेशियामा प्रक्षेपण गरिएको रेडमी ९सी को रिब्राण्ड भर्सनको रुपमा आउने अपेक्षा गरिएको छ ।

पोको सी ३ भारतमा अर्को हप्ता शुरू हुनेछ। पोको सी ३ स्मार्टफोनको लागि विशेष पेज फ्लिपकार्टमा लन्चिंगका लागि जारी गरिएको छ। पोको इण्डियाले भनेको छ कि फोन लन्च भएपछि यो फ्लिपकार्टमा बिक्रीको लागि उपलब्ध हुनेछ।

हाल यसको मूल्य र बिक्री मिति बारेमा पनि जानकारी दिइएको छैन। यद्यपि हालसालै पोको सी ३ को रिटेल बक्सको कथित तस्बिरहरू लीक भएको थियो। जसअनुसार यसको ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य भारु १०,९९० हुने बताईएको छ । एजेन्सीका साथ

प्रकाशित: १५ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...