सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अनलाइनबाटै हुने

Technology Khabar १५ आश्विन २०७७, बिहीबार

काठमाडौं ।

सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अब अनलाईनबाटै लाभग्राहीको बैंक खातामा जम्मा हुने भएको छ ।

कोषले राष्ट्रिय वाणिज्य बैंक मार्फत एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)को प्रयोग गरी भुक्तानीहरु अनलाईनबाटै गर्ने भएको जानकारी दिएको हो ।

हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका आफ्ना भुक्तानीहरु एनपीआईमा जोडिएका कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली मार्फत् रियल टाइम र एनसीएचएल आईपीएस मार्फत नन-रियल टाइममा जम्मा हुने व्यवस्था गरेको छ ।

कोषले लाभग्राहीको दाबी अनुरोध संगै बुझाइएको बैंक खाताका विवरण अनुरुप अनलाईन भुक्तानी प्रदान गर्नेछ । पहिले चेक मार्फत गर्ने गरिएका यी भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा अनलाईनबाटै हुनेछ ।

रोजगारदाताले कोषको अनलाईन एसओएसवाईएस प्रणालीमा आफूलाई रजिष्टर गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई पेमेन्ट तथा यसका सदस्य बैंक वित्तिय संस्थाका शाखाहरु मार्फत् आफ्नो नेपाल बैंकमा रहेको खातामा गर्दै आएको छ ।

प्रकाशित: १५ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया