मोब्भोई ब्राण्डका उत्पादनहरु नेपाली बजारमा आउँदै, स्मार्टवाच र वायरलेस ईयरफोन ल्याउने

Technology Khabar १४ आश्विन २०७७, बुधबार

काठमाडौं ।

एडभान्स साउड इन्टर्याक्सन र हार्डवेयर-सफ्टवेयर एकीकरणमा ध्यान केन्द्रित गरिरहेको एआई कम्पनी मोब्भोई (Mobvoi) आधिकारिक रूपमा नेपाली बजारमा आउन लागेको छ।

मोब्भोईलाई गूगल र फक्सवागन जस्ता कम्पनीहरूले सपोर्ट गरेका छन् ।

शारदा ग्रुपको सहायक कम्पनी बरुण इन्टरप्राइजेजलाई नेपालमा मोब्भोईका लागि विशेष वितरकको रूपमा नियुक्त गरिएको छ।

२०१२ मा स्थापित मोब्भोई उपभोक्तामा आधारित व्यवसायका लागि लोकप्रिय छ । मोब्भोईले मोब्भोई मोबाइल एप, टिकटवाच लाइनमा स्मार्टवाचहरु, टिकपोड लाइनमा ट्रू वायरलेस स्मार्ट इयरफोन, टिकरमिरर नामक स्मार्ट रियरभ्यू मिरर, टिककासा लाइनमा स्मार्ट स्पिकरहरू र अन्य एआई सफ्टवेयर तथा हार्डवेयर लन्च गरेको छ ।

कम्पनीका उत्पादनहरु वैश्विक स्तरमा एक पहिचान योग्य कन्जुमर एआई ब्रान्ड भएका छन्।

मोब्भोईका विभिन्न उत्पादनहरू जसले कम्पनीको चिनियाँ भर्चुअल पर्सनल असिस्टेन्ट उपयोग गर्दछ त्यसमार्फत विभिन्न संस्थाहरुका बीच विस्तृत सम्पर्कहरू बढाउन उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले नेपाली बजारमा आगामी साता विभिन्न ८ वटा निम्न उत्पादन ल्याउने भएको हो ।

  • TicWatch GTX (टिकवाच जीटीएक्स)
  • TicPods ANC(टिकपड एएनसी)
  • TicWatch C2+(टिकवाच सी२ प्लस)
  • TicWatch C2(टिकवाच सी२)
  • TicWatch E2(टिकवाच ई२)
  • TicWatch Pro(टिकवाच प्रो)
  • TicWatch Pro 2020(टिकवाच प्रो २०२०)
  • TicWatch S2 (टिकवाच एस२)

यी उत्पादनहरुको नेपालमा बजार मूल्य कति हुनेछ भन्ने जानकारी दिएको छैन्।

प्रकाशित: १४ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया