आइएमई पेमार्फत लालबन्दी खानेपानीको महशुल तिर्न सकिने

Technology Khabar १४ आश्विन २०७७, बुधबार

काठमाडौं ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित आइएमई पे र लालबन्दी खानेपानीवीच सम्झौता भएको छ ।

सम्झौताअनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौता पत्रमा ‘ आइएमई पे’ का तर्फबाट आइएमईका प्रदेश नं. २ इन्चार्ज अरुण कुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्द कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट ६ हजार ५ सय १४ (६५१४) घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: १४ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया