डिस होमले ल्यायो आईपीएल क्रीकेट लीग २०२० अभियान

  • Technology Khabar | १४ आश्विन २०७७, बुधबार
डिस होमले ल्यायो आईपीएल क्रीकेट लीग २०२० अभियान

काठमाडौं ।

डिस मिडिया नेटवर्क द्वारा संचालित नेपालको डिटिएच सेवा प्रदायक डिस होम क्रीकेटमा भईरहेको महा-उत्सवका लागी आफ्नो डिजिटल अभियान अनावरण गरेको छ ।

यस योजनाको कार्यान्वयन डिस होमद्वारा आईपीएल क्रीकेट लीग २०२० को लागी सुचिकृत गरिएको एजेन्सी मार्स प्रालिले गरेको छ ।

कोभिड १९ को माहामारीका कारण विगत छ महिना देखी देशले कठिन र तनावपूर्ण स्थिती झेलिरहेको छ । क्वारेन्टिनमा बसिरहेको ग्राहकहरुलाई अहिलेको अवस्थामा क्वारेन्टिन नगरिएको एक मात्र विकल्प भनेकै टिभी अथवा इन्टरनेट हुन गएको छ । आईपीएल २० ट्वाटीको क्रीकेट लीग २०२० उचाइमा पुगीरहेको अवस्थामा, डिस होम देश भित्र रहेका लाखौं क्रीकेट प्रेमी फ्यानहरुसँग डिजिटली जोडिन सकिने र आफ्नो फलोअर्स बेस बढाउन सकिने अवसरको रुपमा अगाडी बढेको कम्पनीले जानकारी दिएको छ ।

यस अभियानलाई डिस होम २०२० को मज्जा भनेर नामकरण गरिएको छ । यस अभियानको विषयबस्तु अन्तर्गत डिस होमले संपूर्ण दर्शकहरुको डिजिटल सक्रीयताका लागी #DH2020 को मज्जा जारी गरेको छ।

डिस होमको उदेश्य भनेको यस माहामारीको समयमा आफ्ना दर्शक हरुलाई एचडीको मज्जा प्रदान गर्नु हो । यो एक प्रभावकारी अवधारणा हो र यसमा ब्राण्डले दर्शकहरु माझ लाईभ मैदानमा झै जोश र उत्साह जगाउने प्रयास गरेको बताएको छ।

यस अभियानको मुख्य लक्ष्य भनेको बाँकी रहेको २०२० सांच्चिकै उत्साहमय र रमाइलो बनाउने हो । उत्सुक क्रीकेटका फ्यानहरुका लागी फेसबुक र यूट्यूबमा डिजिटल एक्टिभेसन आयोजित गरिएको छ।

क्रीकेटसंग सम्वन्धित गतिशिल पोष्टहरु जस्तै विभिन्न भिडियो र म्याच हाइलाईटहरु दिनदिनै आउनेछ्न । प्रत्येक डिजाइन र रंगहरुले दर्शक हरुको खेल प्रतिको उत्साह झल्काउने कम्पनीले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • १४ आश्विन २०७७, बुधबार