
काठमाडौं ।
टोयोटा मोटर कर्पको इलेक्ट्रिक भेहिकलको वार्षिक विश्वव्यापी बिक्री २०२५ मा ५५ लाख पुग्ने अनुमान सार्वजनिक गरिएको छ ।
यो अनुमान यसअघि शुरुवातमा प्रक्षेपण गरिएको अनुमान भन्दा ५ वर्ष अगाडि नै पुरा हुने कम्पनीका बरिष्ठ कार्यकारीले मंगलबार एक उद्योग सम्मेलनमा भने।
टोयोटाले सन् २०१७ मा ५५ लाख इलेक्ट्रिक भेहिकल बिक्री गर्ने योजना सार्वजनिक गरेको थियो जसमा सन् २०३० सम्ममा ४५ लाख हाइब्रिड र प्लग-इन हाइब्रिड गाडीहरु तथा र १ लाख विद्युतीय र हाइड्रोजन ईन्धन सेल गाडीहरू समावेश छ।
टोयोटा चीनको ईन्जिनियरिग र निर्माणका अध्यक्ष तथा प्रेसिडेन्ट सेइया नाकाओले अटो इलेक्ट्रिफिकेसन अपेक्षित भन्दा द्रुत गतिमा अघि बढिरहेको छ र शीर्ष जापानी वाहन निर्माताले सोच्छ कि यो चाँडै लक्ष्यमा पुग्न सक्ने बताए।
चीनस्थित टोयोटाका प्रवक्ताले २०२५ अब कम्पनीको औपचारिक लक्षित समय नभएको बताए।
टोयोटाले गत वर्ष विश्वव्यापीरुपमा १ करोड भन्दा बढी सवारी साधनहरू बिक्री गर्यो जसमध्ये करीव २० लाख विद्युतीय सवारी साधनहरू समावेश थिए । रोयटर्स
प्रकाशित: १३ आश्विन २०७७, मंगलवार