Technology Khabar १२ आश्विन २०७७, सोमबार
काठमाडौं ।
ओपोले आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । अल्ट्रा-स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ१७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिने कम्पनीको दाबी छ ।
‘एफ सिरिजको डिजाइन गरिँदा ट्रेण्डसेटिङ पुस्तालाई ध्यानमा राखि तिनका जीवन र स्टाइलको ब्यक्तिगत परिभाषा झल्काउन सघाव मिलोस् भन्ने तिर विशेष ध्यान दिएर स्लिक बडी उपलब्ध गराइएको हो’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नेपाली उपभोक्ता माथि गरिएको अन्वेषणमा आधारित एफ१७ प्रोको डिजाइन मार्फत फोनमा उत्कृष्ट पोट्रेट फोटोका लागि एआई क्यामेराका साथमा भोक फ्ल्याश चार्जको अत्याधुनिक समिकरणपनि उपलब्ध गरिएको छ।’
स्लिक तथा प्रिमियम डिजाइन
७.४८एमएम अल्ट्रा-स्लिक बडी डिजाइनका कारण ओपो एफ१७ प्रो खल्ती तथा ज्याकेटमा कुनै बल्ज (फुलिएको) विना सहजै अटाउँछ । साथै साना ब्यागहरुमा समेत यसलाई मज्जाले समेट्न सकिन्छ । श्रेणीमै अग्रणी ७.४८एमएम अल्ट्रा-थिन र १६४ ग्रामको अत्यधिक हल्का बडी निर्माणका लागि मेनबोर्ड, ब्याट्री लगायत अन्य सामग्री स्लिम डिजाइनमा अटाउन कम्पनीले उद्योगकै अग्रणी डिजाइनको प्रयोग गरेको छ । हातमा बोक्दा आरामदायी र स्मूथ अनुभूती दिन एफ१७ प्रोमा कम्पनीले राउन्डेड एड्ज डिजाएन प्रविधि अपनाइएको २२० डिग्रि एड्ज प्रस्तुत गरेको छ ।
प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव लिन सकुन् भन्ने सोचका साथ एफ१७ प्रोमा ६.४३ ईञ्चको डुअल पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै, फोनमा एफएचडी+ सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७% स्क्रिन-टू-बडी रेसियो उपलब्ध गरिएको छ । उद्योगकै सानो ३.७एमएम डायमिटरको क्यामेराका लागि फोनमा मिनी डुअल-पञ्च होल्सको प्रयोग गरिएको हो ।
फोनको लुक्स ट्रेण्डी ब्याक कभरबिना पूरा हुनै सक्दैन । यसका लागि एफ१७ प्रोमा शाइनी म्याट रंगको प्रयोग गरिएको छ । यसले गर्दा ब्याक कभर छुँदा नरम र लोभलाग्दो लुक्स सहितको प्रिमियम फिलका साथै फिंगरप्रिन्ट रेजिस्टेन्टपनि बनेको छ । कम्पनीले फोनलाई म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक गरेको छ ।
अत्याधुनिक क्यामरा प्रविधि
एफ१७ प्रोले प्रयोगकर्तालाई ब्यवसायिक झैँ देखिने तस्विर खिच्न सक्ने क्षमता प्रदान गर्छ । एफ१७ प्रोमा रहेका ६ एआई पोट्रेट क्यामेराले उपभोक्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नुका साथै भिडियो स्टेबलाइजेशन फिचर्सपनि उपलब्ध गराउँछ ।
फोनको अग्र भागमा तस्विरमा बोके ईफेक्ट दिनका लागि हार्डवेयर लेभल प्रोसेसिंगको सुविधा प्रदान गर्ने डुअल क्याम जडान गरिएको छ । डुअल लेन्स बोकेले पोट्रेट सेल्फी तस्विरका साथै, भिडियो तथा शटमा रहेका बहु-संख्यक ब्यक्तीका लागि उपयोगी हुने गरी अपग्रेड गरिएको छ । यसमा उपलब्ध गरिएको सफ्टवेयर-लेभल एआई प्रोसेशिंगले तस्विरमा रहेका ब्यक्तिको झुम्का तथा कपाल लगायत विवरणमा समेत स्पस्टता प्रदान गर्दै फाइनल फूटेजमा धमिलिनबाट जोगाउँछ।
यसमा उपलब्ध गरिएको एआई पोट्रेट कलरले पोट्रेटमा रंगलाई अझ सटिकता प्रदान गर्दै प्रयागकर्तालाई शहरी स्ट्रिट स्टाई फोटो वा ट्राभल फोटामा पृथकता पस्कँदै नयाँपन दर्साउने अवसर उपलब्ध गराउँछ । एआई पोट्रेट कलरले ब्याकग्राउण्ड कलरलाई ब्ल्याक एण्ड ह्वाइटमार्फत म्यूट गराई तस्विरमा रहेका ब्यक्ति वा विषयहरुको वास्तविक रंगलाई एआई मार्फत जीवन्तता प्रदान गर्छ । यसमा रहेका क्यामराले प्रयोगकर्ताको प्राकृतिक सौन्दर्य र अनुहारका विवरणहरु बचाउँदै आकर्षक तस्विर लिन सघाउँछ । एआई सुपर क्लियर पोट्रेटले आँखीभौ लगायत साना साना अनुहारका चारित्रिक विशेषताहरु स्पष्ट रुपमा प्रस्तुत गर्ने तथा पूण निर्माण गरी तिनको उचित प्रस्तुतिको सुनिश्चितता प्रदान गर्छ । त्यसैगरी, एआई ब्यूटीफिकेशन २.०ले प्राकृतिक स्किन टोनमा चमक प्रदान गर्दै महिलाहरुका टिका, आँखा लगायत तथा पूरुषका लागि आँखा, आँखिभौ, दाह्री-जुंगा लगायत विशेषता जोगाउन सघाउँछ ।
कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट लिन सघाउने सोचका साथ एफ१७ प्रो मार्फत उपलब्ध गरिएको एआई नाइट फ्लेर पोट्रेटले लोलाईट-एचडीआर अल्गोरिथम र बोके ईफेक्टको संयुक्त प्रयोग मार्फत प्रयोगकर्तालाई सिटी लाइट्सको ब्याकड्रप र्फात पोट्रेटमा सुन्दर नाइट फ्लेयर दिँदै कलात्मक तस्विर लिन सघाउँछ । बोके ईफेक्ट मन नपराउनेहरुका लागि साँझपख कम प्रकाश उपलब्ध भएका अवस्थामा समेत चहकिला र स्पष्ट तस्विर लिन यसमा रहेको एआई सुपर नाइट पोट्रेटले सहजता प्रदान गर्छ।
यसमा रहेको तेस्रो पुस्ताको अल्ट्रा स्टिडी भिडियोले प्रयोगकर्तालाई स्थिर, स्पष्ट र चहकिला आकर्षक भिडियो ब्लग खिच्न सघाउँछ । यो फिचरले फ्रण्ट फेसिंग क्यामरामा उपलब्ध गायरोस्कोप र ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेशन अल्गोरिथमको समायोजन गर्ने हार्डवेयर सोल्यूशनको प्रयोग मार्फत हिँड्दा हिँड्दै वा दौडदै गरेको अवस्थामा समेत थरकाई रहित स्मूथ भिडियो फूटेज लिन मद्दत गर्छ।
३०वाट भोक फ्ल्याश चार्ज ४.०
ओपोको स्वामित्वमा रहेको ३०वाट भोक फ्ल्याश चार्ज ४.० ¥यापिड चार्ज प्रविधिले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा प्रयोगकर्तालाई ५ घण्टाको टक टाइम वा थप दूई घण्टा ईन्स्टाग्राम ब्राउजिंग, वा ३५ मिनेट पबजी गेमिङको मज्जा लिने अवसर प्रदान गर्छ । जम्मा ५३ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्ने यस प्रविधिको प्रयोगले गेमिङ कै समयमा पनि विना चिन्ता ब्याट्री चार्ज गरी गेमका विचमा ब्याट्री सकिने चिन्ताबाट प्रयोगकर्तालाई राहत दिन्छ ।
यो चार्जिंग प्रविधि तिब्र हुनुका साथै सुरक्षित पनि छ । यसले चार्जिङका समयमा फोन अत्यधिक मात्रामा तात्ने समस्याबाट पनि छुटकारा प्रदान गर्छ । यसले आद्रता भएको अवस्थामा आद्रताको पहिचान गरी उपभोक्तालाई सजग गराउने तथा तत्सभ्भव फोन चार्जिङ रोकी फोन तथा ब्याट्रीलाई सुरक्षा समेत प्रदान गर्छ ।
यस प्रविधिले उपलब्ध गराउने एआई नाइट चार्जिंगले प्रयोगकर्ताको सुताई बान्की (स्लिपिंग प्याटर्न)का आधारमा प्रयोगकर्ता ब्यूँझने समयको मापन गरी सोही समयमा ब्याट्रीलाई १००% चार्ज हुने ब्यवस्था मिलाउँछ । यसमा रहेको सुपर पावर सेभिङ मोडले दिनको समयमा फोनमा ब्याट्री कम रहँदा अन्तिम ५% ब्याट्रीलाई डिस्प्लेलाई ब्ल्याक एण्ड ह्वाइटमा परिवर्तन गर्दै पूर्व निर्धारित ६ ओटा एप्स चलाउन मिल्नेगरी समायोजन गरी दिन्छ ।
तिब्र, सहज र स्मूथ प्रयोग अनुभव
एफ१७ प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेटका साथमा ८ जीबी ¥याम र १२८ जीबी सञ्चय क्षमता उपलब्ध गरिएको छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसमा रहेको थ्री(कार्ड स्लोटका माध्यमबाट ५१२जीबी सम्म बढाउन सक्छन् । एफ१७ प्रोको एन्टि ल्यागिङ अल्गोरिथमले मेमोरी एरर उत्पन्न गराउन सक्ने डाटाको पहिचान गरी तिनको सफाइ गर्ने क्षमता राख्छ । यसले गर्दा स्टटर्स र फ्रिजहुने जस्ता समस्या आउन पाउँदैन । साथै, फाइल सिस्टममा रहेका डाटा पढ्ने तथा लेख्ने कार्यमा तिब्रता आउँछ । यसमा गरिएको मेमोरी डिफ्र्यागमेन्टेशन फिचरका कारण र अटोमेटिक डाटाबेस अप्टिमाइजेशन मार्फत फोन स्टटर हुने समस्यामा ५४%ले कमी आउँछ भने, फाइल पढ्ने तथा लेक्ने क्षमतामा २८%ले सुधार आएको छ ।
नयाँ फोनमा कम्पनीले एयर गेस्चर सुविधा पनि उपलब्ध गराएको छ । यसको सहायताले फोनलाई प्रत्यक्ष रुपमा नछोइकनै पनि प्रयोगकर्ताले २०देखि ५० सेन्टिमिटर सम्मको दूरीमा ईशारा मार्फतै कल उठाउन सक्छन् । विशेषगरी, हात भिजेका वा फोहर भएका अवस्थामा जब फोन छुँदा स्क्रिनमा हानी पुग्ने सम्भावना हुन्छ, त्यस्ता बखत यो फिचर निकै उपयोगी हुने निश्चित छ ।
एफ१७ प्रोमा ईन्फाइनाइट एड्ज डिजाइन, आर्टिस्टिक वालपेपर्स, ओपोज् स्क्रिन ईमेज ईञ्जिन (ओएसआईई) अल्ट्रा क्लियर भिज्यूअल ईफेक्ट र डार्क मोड लगायत फिचर्सहरु पनि उपलब्ध गरिएका छन् । फोनमा उपलब्ध गरिएको नयाँ डार्क मोडले उर्जा खपतमा ३८%ले न्यूनिकरण ल्याउन सघाउँछ । साथै, प्रयोगकर्ताले आफ्नो चाहना र आवश्यकता अनुसार डार्क टोनको समायोजन समेत गर्ने छुट उपलब्ध गरिएको छ । प्रयोगकर्ताका गोपनियताको सुरक्षार्थ एफ१७ प्रोमा मल्टि(यूजर मोडपनि उपलब्ध गरिएको छ । यसले फोनमा फरक फरक प्रयोगकर्ताका लागि पार्टिशन मार्फत ५ ओटा सम्म छुट्टा छुट्टै स्पेस निर्माण गर्छ । सव(यूजर र भिजिटरहरुले हरेक एकाउण्ट एक्सेसका लागि पासवर्डको प्रयोग गर्नु पर्ने हुन्छ ।
एफ१७ प्रोमा मल्टिटास्किङमा सहजताका लागि क्विक रिटर्न बबल फिचरपनि दिइएको छ । फेलोटिङ बबल मार्फत एक ट्याप गरेकै भरमा यसले एप्स तथा स्क्रिन स्विट्च गर्न प्रयोगकर्तालाई सहजता प्रदान गर्छ । त्यसैगरी यसमा रहेको हाई(ब्याण्डविथ डिजिटल कन्टेन्ट प्रोटेक्शन (एचडीसीपी) मार्फत प्रयोगकर्ताले नेटफ्लिक्स एचडी तथा एमेजन प्राइम भिडियो लगायत भिडियो तथा ईन्टरटेनमेन्ट एप्सका कपिराइटेड एचडी शोहरु ठूला स्क्रिनमा हेर्न सकिन्छ ।
ओपो१७ प्रो नयाँ कलरओएस भर्जनका साथमा सार्वजनिक हुने पहिलो ब्याट्चका स्मार्टफोन्स मध्यको हुनेछ । प्रयोगकर्ताका जीवनस्तर उकास्न यसमा अझ बढी फञ्शन्सहरु उपलब्ध गराइएका छन् ।
बजार उपलब्धता
नेपाली बजारमा ओपो एफ१७ प्रो अक्टोबर १ देखि सर्वत्र उपलब्ध गरिने जानकारी दिइएको छ । म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक हुने यो फोनमा जीबी र्याम र १२८जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक हुनेछ । यसको बजार मूल्य रु. ४३,९९० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १२ आश्विन २०७७, सोमबार