
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले पहिलो पटक विद्युतीय भुक्तानी कारोबारको तथ्यांक सार्वजनिक गरेको छ । बैंकले विद्युतीय भुक्तानी कारोबारको तथ्यांक छुट्टै राख्न सुरु गरेसँगै सो तथ्यांक समेत सार्वजनिक गरेको हो।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा ईकमर्शमा भएको कारोबारको जानकारी समेत पहिलो पटक सार्वजनिक गरेको छ।
बैंकले पहिलो पटक क्यूआरमा आधारित पिओएस र ईकमर्शको तथ्यांक यहि साउन महिनादेखि संकलन गर्न शुरु गरेको जनाएको छ।
राष्ट्र बैंककाअनुसार विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको
विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको छ।
यसैगरि सार्वजनिक तथ्यांकअनुसार साउन महिनामा १ लाख ६८ हजार ६२७ कारोबारबाट १ अर्ब २० करोड १० लाख रुपैयाँ बराबरको ईकमर्शबाट कारोबार भएको छ।
देशभर लकडाउन भएसँगै विद्युतीय कारोबार तीव्रगतिमा बढ्दै गएको छ।
प्रकाशित: १० आश्विन २०७७, शनिबार