टेस्ला इंकका लगानीकर्ताले एकै दिन ५० अर्ब डलर गुमाए

  • Technology Khabar | ७ आश्विन २०७७, बुधबार
टेस्ला इंकका लगानीकर्ताले एकै दिन ५० अर्ब डलर गुमाए

काठमाडौं ।

टेस्ला इंकको बजार मूल्यबाट मंगलबार लगानीकर्ताले ५० अर्ब डलर गुमाएका छन् । सीईओ एलोन मस्कले विद्युतीय सवारी खर्च घटाउने प्रतिवद्धता जसअनुसार २५ हजार डलरमा कार ल्याउन संभव भएको बताएपनि त्यो समय अझै ३ वर्ष लाग्ने घोषणा गरेसँगै कम्पनीले बजारमा ५०अर्ब डलर गुमाएको हो ।

मस्क र टेस्लाका अन्य कार्यकारीहरूले आफ्नो नयाँ ब्याट्री र उत्पादन रणनीति प्रस्तुत गरेसँगै टेस्लाको मार्केट क्याप मंगलबार दुई घण्टामा नै २० अर्ब डलर झरेर बन्द भएको  थियो ।

‘तीन बर्षमा… हामी एक २५,००० डलरको कार निर्माण गर्न सक्दछौं, जुन मूल रूपमा आधारमा हुनेछ, तुलनात्मक पेट्रोल कार भन्दा अलि राम्रो हुन सक्छ,’ मस्कले भने।

लगानीकर्ताहरुले भने कम्पनीले नयाँ ब्याट्री डेको अवसरमा ब्याट्री टेक्नोलोजी ल्याउने अपेक्षा गरेका थिए । जसले लामो अवधिसम्म प्रयोग गर्न सकिने र इलेक्ट्रीक भेहिकलको लागत घटाउने अपेक्षा थियो ।

तर घोषणा भने यसको बिपरित भएसँगै शेयर मूल्य उच्चरुपमा घटेको थियो ।

मस्कले यसका साथै आफ्नो गीगाफ्याक्ट्रीमा ब्याट्री रिसाइकल गरेर लागत कम गर्ने योजना समेत सार्वजनिक गरे । उनले यसबाट महंगो र मूल्यवान कोबाल्टको लागत कम हुने बताए । एजेन्सी

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार