अन्डर डिस्प्ले क्यामरा प्रविधि सहितको स्मार्टफोन ल्याउँदै रियलमी

  • Technology Khabar | ७ आश्विन २०७७, बुधबार
अन्डर डिस्प्ले क्यामरा प्रविधि सहितको स्मार्टफोन ल्याउँदै रियलमी

काठमाडौं ।

यसै महिनाको शुरुवातमा सार्वजनिक गरिएको जेडटीईको एक्शन २० ५जी अन्डर डिस्प्ले क्यामरा भएको विश्वको पहिलो स्मार्टफोन हो।

यस बाहेक अन्य कम्पनीहरु पनि यसै प्रविधलाई पछ्याउने कोशिश गरिरहेका छन्। यसैमध्येको एउटा कम्पनी हो रियलमी।

रियलमीका उपाध्यक्ष सु कि चेजले विबोमा सेल्फी क्यामराको ठाउँमा पन्च होल वा नोच नभएको एउटा स्मार्टफोनको फोटो पोस्ट गर्दै यसमा पप-अप क्यामरा पनि नआउने पनि स्पस्ट पारेका छन्। सेल्फीका लागि उपलब्ध पन्च होल वा नोच तथा पप अप नहुनुको मतलब हो कुनै उपलब्ध नयाँ प्रविधि आत्मसात् गर्नु हो भन्ने अनुमान गरिएको छ। र यतिखेर यो क्षेत्रमा भएको नयाँ प्रविधि भनेकै अन्डर डिस्प्ले क्यामरा हो।

चेजले यस फोनका बारेका अन्य विवरण नखुलाएका कारण रियलमी साँच्चै अन्डर डिस्प्ले सहितको स्मार्टफोन ल्याउला त ? उत्सुकताको विषय छ। तर ल्याइहाल्यो भने यो यस कम्पनीको अर्को फ्ल्यागशिप फोन हुनेछ।

नोच सेल्फी क्यामरा नभएको रियलमीको यो पहिलो स्मार्टफोन भने हुने छैन। यस अघि गएको जुलाइमा कम्पनीले पपअप सेल्फी क्यामरा भएको रियलमी एक्स बजारमा ल्याउने घोषणा गरिसकेको छ।

यति हुँदाहुँदै पनि कम्पनीले अहिलेसम्म कुनै पपअप क्यामरा भएको स्मार्टफोन उत्पादन गरेको भने छैन।

कम्पनीका भारतीय र यूरोपेली क्षेत्र हेर्ने मुख्य कार्यकारी अधिकृत माधव सेठका अनुसार केही समयपछि कम्पनी अर्को पपअप सेल्फी क्यामरासहितको स्मार्टफोन बजारका ल्याउने तयारीमा रहेको छ। एजेन्सी

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार